कतार विश्वकपमा ४८ देश हुँदैन -फिफा | Khabarhub Khabarhub

कतार विश्वकपमा ४८ देश हुँदैन -फिफा


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सन् २०२२ को विश्व कप फुटबलमा ४८ देशलाई खेलाउने योजनाबाट फिफा पछि हटेको छ ।

विश्व फुटबलको सर्बोच्च निकाय फिफाका अध्यक्ष गानि ईन्फाटिनोले गत वर्ष विश्वकप फुटबलमा सहभागि देशको संख्या वढाउने योजना २०२६ बाट सारेर २०२२ को  कतार विश्वकपमा नै लागू गर्ने जनाएका थिए ।

यो परिवर्तनपछि कतारले छिमेकि देशसंग सहकार्य गर्नु पर्ने अवस्था सृजना भएको थियो ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ‘गहन र व्यापक परामर्श प्रक्रिया “परिवर्तन” बनाउन नसकिने ” जनाएको छ ।

फिफाले भनेको छ, ‘उसले आफ्नो क्षमताको आधारमा ४८ टीम टूर्नामेन्टको आयोजना गर्ने कतारको सम्भावना पत्ता लगाएको थियो तर यो योजनालाई अगाडि बढाउने फैसला गरिएको छैन  । किनकि ‘सम्भावित व्यबस्थापन विस्तृत मूल्यांकन का लागि” पर्याप्त समय थिएन ।’

कतारले भने आफु ४८ टिम सहभागि हुने खेलको लागि सधै तयार रहेको र आयोजक राष्ट्रको रुपमा यस्तो खेलको आयोजना गर्न पाउनु कतारी फुटबलको लागी गौरबको विषय भएको बताएको छ ।

नोभेम्वरमा युईएफका अध्यक्ष अलेक्जेन्डर सेफरिनले १६ टिम थप हुँदा कतार विश्वकपमा धेरै खालको समस्या आउन सक्ने भन्दै यसलाई अव्वहारिक बताएका थिए ।

साउदी, युएई, बहराइनको नाकाबन्दी सामना गररहेको कतारलाई फिफको यो निर्णयले राहत पुगेको बीबीसीले जनाएको छ ।

४८ देश सहभागी भएको खण्डमा केही खेल छिमेकी देशमा लैजानु पर्ने अवस्था बन्न सक्थ्यो भने एकल आयोजा गरेर देखाउने कतारी तयारीमा धक्का लाग्न सक्थ्यो जसबाट कतार मुक्त भएको छ ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ५ : ४० बजे

क्रोएसियामा मात्रै २५ हजार नेपाली, कन्सुलर कार्यालय नहुँदा अनेकन सास्ती

काठमाडौं- पछिल्लो समय पोर्चुगलपछि छिमेकी मुलुक क्रोएसियामा नेपालीहरूको संख्या बढ्दै

भक्तपुरको कार्पेट कारखानामा आगलागी हुँदा दुई जना घाइते

काठमाडौं– भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोट मोडको प्लाई कार्पेट कारखानामा आगलागी

‘रायो’ साग बेचेर लाखौँ कमाइ

गलकोट– गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट भरिभराउ भएर फर्कन्छन् ।

दक्षिणी ब्राजिलमा भीषण वर्षा, ५८ जनाको मृत्यु

काठमाडौं– ब्राजिलको दक्षिणी भागमा भारी वर्षा, बाढी र पहिरोका कारण

सन्दीपबारे रचना रिमाल : दोषी भए सजाय देऊ, निर्दोष भए विश्वकप खेल्न देऊ

काठमाडौं- आइतबार पनि उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको मुद्दा