कतार विश्वकपमा ४८ देश हुँदैन -फिफा « Khabarhub

कतार विश्वकपमा ४८ देश हुँदैन -फिफा


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सन् २०२२ को विश्व कप फुटबलमा ४८ देशलाई खेलाउने योजनाबाट फिफा पछि हटेको छ ।

विश्व फुटबलको सर्बोच्च निकाय फिफाका अध्यक्ष गानि ईन्फाटिनोले गत वर्ष विश्वकप फुटबलमा सहभागि देशको संख्या वढाउने योजना २०२६ बाट सारेर २०२२ को  कतार विश्वकपमा नै लागू गर्ने जनाएका थिए ।

यो परिवर्तनपछि कतारले छिमेकि देशसंग सहकार्य गर्नु पर्ने अवस्था सृजना भएको थियो ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ‘गहन र व्यापक परामर्श प्रक्रिया “परिवर्तन” बनाउन नसकिने ” जनाएको छ ।

फिफाले भनेको छ, ‘उसले आफ्नो क्षमताको आधारमा ४८ टीम टूर्नामेन्टको आयोजना गर्ने कतारको सम्भावना पत्ता लगाएको थियो तर यो योजनालाई अगाडि बढाउने फैसला गरिएको छैन  । किनकि ‘सम्भावित व्यबस्थापन विस्तृत मूल्यांकन का लागि” पर्याप्त समय थिएन ।’

कतारले भने आफु ४८ टिम सहभागि हुने खेलको लागि सधै तयार रहेको र आयोजक राष्ट्रको रुपमा यस्तो खेलको आयोजना गर्न पाउनु कतारी फुटबलको लागी गौरबको विषय भएको बताएको छ ।

नोभेम्वरमा युईएफका अध्यक्ष अलेक्जेन्डर सेफरिनले १६ टिम थप हुँदा कतार विश्वकपमा धेरै खालको समस्या आउन सक्ने भन्दै यसलाई अव्वहारिक बताएका थिए ।

साउदी, युएई, बहराइनको नाकाबन्दी सामना गररहेको कतारलाई फिफको यो निर्णयले राहत पुगेको बीबीसीले जनाएको छ ।

४८ देश सहभागी भएको खण्डमा केही खेल छिमेकी देशमा लैजानु पर्ने अवस्था बन्न सक्थ्यो भने एकल आयोजा गरेर देखाउने कतारी तयारीमा धक्का लाग्न सक्थ्यो जसबाट कतार मुक्त भएको छ ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ५ : ४० बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने