विद्युत् सट भएर किराना पसलमा आगलागी | Khabarhub Khabarhub

विद्युत् सट भएर किराना पसलमा आगलागी


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा-विद्युत् चुहिएर गए राति झापाको दमक चोकमा रहेको एउटा किराना पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

दमक–५ स्थित मनोज साहको किराना पसलमा बुधबार राति करीब ११:३० बजे आगोलागी हुँदा पूर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । सन्तबहादुर राईको पक्की घरमा भाडामा सञ्चालन हुँदै आएको साहको किराना पसलबाट अचानक निस्किएको आगोले सँगै रहेको राज अग्रवालको मोबाइल पसलमा समेत क्षति पुगेको थियो ।

आगो समयमै नियन्त्रणमा आएका कारण सोही घरमा रहेको बालकुमार राईको सगुन होटलमा भने क्षति हुन पाएन । साहको दैनिक उपभोग्य खाद्य सामग्री नष्ट हुँदा रु ३० लाख बढी मूल्यको समान नष्ट भएको थियो भने अग्रवालको मोबाइल पसलमा समेत १० लाख बढीको क्षति भएको प्रारिम्भक अनुमान छ ।

आगो करीब २ घण्टा लगाएर दमक नगरपालिकाको दुई वटा वारुणयन्त्रको सहयोगले स्थानीय र प्रहरीको प्रयासबाट नियन्त्रणमा आएको प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताए ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ९ : ४४ बजे

नेपाल टेलिकमकाे आइसीटी डे अफर, ४९ रुपैयाँमै दिनभरि डाटा चलाउन सकिने

काठमाडौं– नेपाल टेलिकमले ‘आईसीटी डे अफर’ सार्वजनिक गरेको छ ।

चीनद्वारा सुन्तला मौसमी चेतावनी जारी

बेइजिङ– चीनको मौसम विभागले मंगलबार देशका केही भागमा आँधीबेहरी, असिना

एमालेको विजय जुलुसका सहभागी सवार पिकअप दुर्घटना, १५ जना घाइते

इलाम– इलाम बजारमा मंगलबार आयोजित नेकपा एमालेको विजय जुलुस र

मतदाताको शिर झुक्न दिने छैन : सुहाङ नेम्बाङ

फिक्कल– इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ

पहिचानवादीलाई सुहाङले भने : नेपाल इन्द्रेणीको रङ जस्तै हो, सबै जातिको हित हेर्नुपर्छ

काठमाडौं – नेकपा एमाले इलाम क्षेत्र नं २ का नवनिर्वाचित