सलमान खानले गर्लान् आफ्नो बिहेको घोषणा ? « Khabarhub

सलमान खानले गर्लान् आफ्नो बिहेको घोषणा ?


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – बलिउड अभिनेता सलमान खानको फिल्म ‘भारत’ बक्स अफिसमा धमोकदार व्यापार गर्ने तयारीमा छ । फिल्मको गीतलाई लिएर पनि चर्चा भइरहेको छ । अर्कातिर सलमान खान आफ्नो बिहेको विषयलाई लिएर पनि चर्चामा छ ।

भारतीय मिडियाका अनुसार उनले मे २३ अर्थात् आज बिहेको घोषणा गर्न लागेका छन् । हालै एक अन्तर्वार्तामा सलमान खानलाई बिहेको कुरा लिएर एउटा प्रश्न गरिएको थियो । उक्त प्रश्नको उत्तर दिँदै सलमान खानले २३ मे मा बिहेको बारेमा बताउने भनेका थिए । तर कतिपयले भने यसलाई सलमान खानको मजाकका रुपमा पनि हेरेका छन् ।

भारतमा आज मतगणना जारी छ । सबैको ध्यान त्यता हुन्छ भनेर उनले यसो भनेको पनि कतिपयले बताएका छन् । उनको बिहे कहिले हुन्छ भन्नेमा कसैले अनुमान पनि गर्न सकेका छैनन् । एउटा खबरका अनुसार सलमान सरोगेसीका माध्यमबाट पिता बन्नेबारे सोचेका छन् । यता सलमानको नाम क्याटरीना कैफसँग पनि जोडिएर आउँछ । फ्यान चाहन्छन् कि, यी दुईले छिट्टै बिहे गरुन् ।

यदि साँच्चै नै उनले यस्तो सोचेका हुन् भने उनको जीवनमा बच्चाको त आगमन हुनेछ तर बिहेको बारेमा भने दर्शकमा एउटा प्रश्न सधै रहनेछ ।

यसअघि पनि बलिउड हस्ती करण जोहर, तुषार कपूर, आमिर खान, शाहरुख खान, एकता कपूर, सनी लियोनी सरोगेसीका माध्यमबाट आमा–बाबा बनिसकेका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  १० : ५३ बजे

युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राजदूत बर्लिनमा भेट्दै

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकोफले

पोल्याण्डको सीमालाई बलियो बनाउन जर्मनीले सैनिक पठाउने

एजेन्सी– जर्मनीले पोल्याण्डको पूर्वी सीमालाई बलियो बनाउन आफ्नो सेनाको एक

सुरेश रजकको परिवार भेटेर सञ्चारमन्त्रीले भने- न्यायका लागि पहल गर्नेछु

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सहिद पत्रकार सुरेश

हर्क साम्पाङले भने- निर्वाचनपछि बन्ने सरकारको नेतृत्व मैले गर्छु

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी निर्वाचनपछि बन्ने