भारतीय चुनाव– सनी देवल र हेमा मालिनीको अग्रता « Khabarhub

भारतीय चुनाव– सनी देवल र हेमा मालिनीको अग्रता


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत पञ्जावको गरदासपुर लोकसभाका लागि बिजेपीका तर्फबाट उम्मेदवार बनेका भारतीय फिल्म उद्योगका कलाकार सनी देवलले प्रारम्भिक मतगणनामा अग्रता बनाएका छन् ।

यो सीटमा सनी कांग्रेसका उम्मेदवार सुनील जाखडा र एएपीका पीटर मासिहलाई टक्कर दिइरहेका छन् । आफ्ना मनपर्ने कलाकारले धेरै मत पाइरहेको भन्दै सामाजिक सञ्जालहरुमा सनीलाई बधाइ दिन शुरु गरेका छन् भने कतिपयले विजेतासमेत घोषित गरिसकेका छन् ।

त्यस्तै मथुराबाट उम्मेदवार बनेकी बीजेपीकी उम्मेदवार हेमा मालिनी रालोदका उम्मेदवार कुवन्द्र नरेन्द्र सिंहलाई सोह्र हजार भन्दा धेरै मत अन्तरले अगाडि छिन् । उनी २०१४ मा पनि मथुराबाट बीजेपीको तर्फबाट विजयी भएका थिइन् ।

त्यस्तै सञ्जय दत्तको बहिनी प्रिया दत्त भने पछि परेकी छिन् । कांग्रेसको तर्फबाट उम्मेदवार रहेकी उनलाई भाजपाकी उम्मेदवार पुनम महाजनले पछि पारेकी छिन् ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  १२ : ०३ बजे

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा