पर्यटन भ्रमण वर्ष २०२० अङ्कित झण्डा लिएर नेपाल, चीन र भारतका तीन महिला सगरमाथामा « Khabarhub

पर्यटन भ्रमण वर्ष २०२० अङ्कित झण्डा लिएर नेपाल, चीन र भारतका तीन महिला सगरमाथामा


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल भारत र चीनका तीन महिला आरोहीले सफल सगरमाथा आरोहण गरेका छन् ।

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल सरकारद्वारा आयोजित नेपाल पर्यटन भ्रमण वर्ष २०२० को प्रवद्र्धनार्थ नेपाल, भारत र चीनका ३ महिला आरोही सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

दासले शुक्रबार मध्यान १२:३० बजे र अन्य दुईले हिजो विहान सगरमाथा आरोहण गरेका थिए । विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका चीनका मा लियामु, नेपालका कान्छी माया तामाङ्ग र भारतका कल्पना दासले प्रधानमन्त्री के.पी. ओली शर्माले हस्ताक्षर गरेको नेपाल पर्यटन भ्रमण वर्ष २०२० अङ्कित झण्डा सगरमाथाको शिखरबाट फहराएका हुन् ।

“नेपालको पर्यटन क्षेत्रमा मात्र नभई समग्र मुलुकको विकासमा छिमेकी राष्ट्रहरु भारत र चीनको सकारात्मक सहयोग, मित्रता र सहकार्यलाई उजागर गरी भारत तथा चीनका नागरिकलाई नेपाल भ्रमण गर्न अभिप्रेरणा मिलोस् भनेर यो आरोहण गरेका हौं ।” आरोहण दलका सरदार रेकर्ड होल्डर आरोही पेम्बा दोर्जे शेर्पा बताउँछन् ।

सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार ड्रिमर्श डेस्टिनेशन ट्रेक्स एण्ड एक्सपिडिशन प्रा.लि.को व्यवस्थापनमा सम्पन्न यस आरोहणका आरोहीहरुले यस अघि पनि सगरमाथा लगायत अन्य हिमालहरुको सफल आरोहण गरिसकेका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  २ : १५ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर