मन्त्री बाँस्कोटाको प्रश्न– प्रेस स्वतन्त्रता कसैलाई ठोक्न वा रोप्नलाई हो ? « Khabarhub

मन्त्री बाँस्कोटाको प्रश्न– प्रेस स्वतन्त्रता कसैलाई ठोक्न वा रोप्नलाई हो ?


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले राष्ट्रिय सभामा पेश भएको मिडिया काउन्सिल विधेय फिर्ता नहुने स्पष्ट पारेका छन् ।

मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले मिडिया काउन्सिल विधेयक विविध प्रक्रियाद्वारा अघि बढाइने बताएका हुन् ।

उनले मिडिया काउन्सिल विधेयकका विषयमा आएका सुझावका आधारमा नेपाली प्रेसले महशुस गरेका विषयलाई उठाइएको भन्दै यसलाई समयसापेक्ष बनाइने बताए ‘सही सूचना सम्प्रेषण गर्ने हो, किन दिग्भ्रमित पार्ने ? भन्दै प्रतिप्रश्न गरेका मन्त्री बाँस्कोटाले भने,‘ मिडिया काउन्सिल विधेयक शुसाशनका लागि हो । दुरुपयोग रोक्नलाई हो । हरेक कुरा कसैको जागरण अभियानमा लगेर घुसाउनु भएन नि ?’

सरकारले नेपाली प्रेस जगतका सकारात्मक विषयलाई सही दिशा निर्देश गर्ने कुरा लाई सहयोग गर्ने बताए । ‘लोकतान्त्रिक भनिएका मुलुकमा पनि जरिवानाको प्राबधान छ, तर कुन कुरा कता आकर्षित हुन्छ भन्ने कुरा महत्वपूर्ण हो । सच्याउने, संशोधन गर्ने प्रावधना हुन्छ, यही होइन त शक्ति पृथकीकरणको कुरा ?’ मन्त्री बाँस्कोटाले भने ।

उनले भने- ‘प्रेस स्वतन्त्रता कसैलाई ठोक्नलाई हो वा रोप्नलाई पनि हो ? नयाँ  चिज, संस्कृति, संस्कार, अर्थतन्त्र सबल बनाउन रोप्ने कुरा पनि महत्वपूर्ण हुन्छ ।’

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ४ : ५७ बजे

पौडी खेल्नक्रममा डुबेर तीन जनाको मृत्यु

कर्णाली– सुर्खेत र दैलेखमा खोलामा पौडी खेल्ने क्रममा डुबेर तीनजनाको

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका

रास्वपा महाधिवेशन: ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन पक्का, पदाधिकारी छान्न सकस

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा ९९

रास्वपालाई कांग्रेस सभापति थापाको शुभकामना : संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी

फिफा विश्वकप : इक्वेडर र कुरासाओले खेले गोलरहित बराबरी

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह ‘ई’ का इक्वेडर