मोदीको अगाडि किन टिकेनन् विपक्षी ? | Khabarhub Khabarhub

मोदीको अगाडि किन टिकेनन् विपक्षी ?


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

  • सञ्जीव श्रीवास्तव

पूरै भारतको चुनावी नतिजाबारे कुरा गर्ने हो भने सबैभन्दा महत्वपूर्ण प्रमाणित भएको क्षेत्र हो पश्चिम बंगाल ।  पश्चिम बंगालमा अल्पकसंख्यकलाई खुसी पर्ने सबैभन्दा ठूलो मुद्दा रहेको छ ।

ममता बेनर्जीको छवी अल्पसंख्यकलाई रिझाउने नेताको रुपमा बनेको थियो । तर दुर्गा पूजा तथा माहर्रमको जूलुसलाई लिएर भएको विवादका कारण यसको हानी उनको पाटीलाई उठाउनु परेको छ ।

ध्रुवीरणको माहोलमा ठूलो संख्यामा हिन्दू मतदाता बीजेपी तर्फ लागेका छन् ।

पश्चिम बंगालमा बीजेपीको बलियो उपस्थितिको एक अर्को कारण वामपन्थी दल पूर्ण रुपमा कमजोर हुनु पनि हो ।

वामदलको भोट प्रतिशत खस्किएर ६ प्रतिशत सम्म आएको छ । वामपन्थी दलका धेरैजसो कार्यर्ताले यसपटक बीजेपीको पक्षमा मतदान गरेका छन् ।

अब महत्वपूर्ण विषय यो हुनेछ कि बीजेपीको निशानमा ममता बेनर्जी हुनेछिन् । उनी बीजेपीको पहिलो निशानामा हुने निश्चित छ ।
अर्को तर्फ राजस्थान, मध्यप्रदेश तथा छत्तीसगढ जस्ता प्रदेशको कुरा गर्ने हो भने त्यहाँ विधानसभा चुनावमा स्थानीय मुद्दा हावी रहेपनि राष्ट्रिय चुनावमा भने मानिसले कांग्रेसलाई नकारेका छन् ।

जहाँ जहाँ कांग्रेस बीजेपीको मुख्य प्रतिस्पर्धामा थियो त्यही सीटमा कसैले पनि बीजेपीलाई टक्कर दिन सकेको छैन ।

मध्य प्रदेश, राजस्थान तथा गुजरातमा कांग्रेस पत्तासाफ जस्तै भएको छ । मात्र पञ्जावमा क्याप्टेन अमरिंदर सिंह बीजेपी र अन्य सहयोगी दललाई टक्कर दिन सक्षम भएका छन् ।

महाराष्ट्र तथा बिहारको नजितालाई विश्लेषण गर्ने हो भने सबै विश्लेषणहरु नाकाम भएका छन् । दुबै राज्यमा कांग्रेस गठबन्न गरेको छ तर यसले केही असर पारेको छैन ।

यो चुनावलाई लिएर भएका सबै पूर्व विश्लेषणहरु गलत सावित भएका छन् ।

‘कसैले विकल्प नै दिन सकेनन्’

चाहे जति अमित शाह र नरेन्द्र मोदीको स्तुति गान गर्नुहोस् र राहुल गान्धीलाई जति आलोचना गर्नुहोस् तर एक बिन्दूमा गएर यसको कुनै मतलब हुने छैन ।

वास्तवमा विपक्षी दलले जनतालाई मोदीको विकल्प नै दिन सकेनन् ।

विगत पचास वर्षमा यो पहिलो पटक दिल्लीमा कुनै सरकार दोस्रो पटक पूर्ण बहुमतका साथ सत्तामा आउँदैछ ।

पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुपछि यो पहिलो पटक भएको हो । जहाँ कुनै प्रधानमन्त्री पूर्ण बहुमत लिएर पुनः सत्तामा फर्किएका छन् ।
शरद यादव, शरद पवार, तेजस्वी यादव, अखिलेश यादव या मायावती जस्ता विपक्षी दलका नेता आफ्नो आफ्नो क्षेत्रको मठाधीश बनिरहे र मादीको विकल्प दिन पूर्ण रुपमा असफल भए ।

बीजेपीले हिन्दू राष्ट्रवादको विचारधारालाई अगाडि लगिरहेको छ । तर विपक्षी भने यससँग सिधा प्रतिस्पर्धा गर्न असफल भए ।

विपक्षी सिधा यस मुद्दासँग भीडन्त गर्नुको सट्टा दायाँबायाँ घुमिरहे ।

यसको ठूलो सन्देश के भयो भने देशले मोदी र उनको विचारधारलाई स्वीकार गरिएको छ ।

यो चुनावले भारतलाई विभाजित गरेको छ र अब नरेन्द्र मोदीको अगाडि देशलाई एक साथ लिएर जाने चुनौती पनि हुनेछ ।

(बीबीसी हिन्दीमा वरिष्ठ पत्रकार श्रीवास्तवले गरेको विश्लेषणको भावानुवाद)

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ५ : ४२ बजे

मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरि काठमाडौं ल्याइयो

काठमाडौं – मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

त्रिपोली – लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी

अमेरिकामा ज्यान गुमाएका ४ जनाको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

गोरखा – अमेरिकामा गोली लागेर मृत्यु भएका गोरखाका एकै घरका

गण्डकीमा सत्ताको चाबी बनेका मनाङेको राजनीतिक ‘इनिङ्स’ समाप्त

पोखरा – गण्डकी प्रदेशको सत्ता राजनीतिमा जब-जब सङ्कट आउँथ्यो, एक