भाजपाको शानदार जितपछि मोदीले भनेः २१ औं शताब्दीमा द्वापर युगको न्याय ! « Khabarhub

भाजपाको शानदार जितपछि मोदीले भनेः २१ औं शताब्दीमा द्वापर युगको न्याय !


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतमा भएको आम निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी भाजपाले विशाल जीत निकालेसँगै भाजपा मुख्यालयमा प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेका छन् ।

भाजपा पार्टी कार्यालयमा सयौं कार्यकर्ता उपस्थित रहेको विजयोत्सवमा सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपालाई मत दिन सबैलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री मोदीले आफ्नो यो विजयी सारा भारत तथा भारतीय जनताको विजयी भएको जनाएका छन् ।

सम्बोधनकै क्रममा प्रधानमन्त्री मोदीले द्वापरयुगको प्रसंग जोड्दै महाभारतको युद्धमा श्रीकृष्णलाई तपाई कसको पक्षमा हुनुहुन्थ्यो ? भन्ने प्रश्नमा श्रीकृष्णले आफू हस्तिनापुरबाहेक कसैको पनि पक्षमा नरहेको उत्तर दिएको कुरा उल्लेख गर्दै भारतीय जनताले पनि २१ औं शताब्दीमा द्वापर युगको न्याय दिलाएको र कृष्णको भूमिका निर्वाह गरेको टिप्पणी गरे ।

उनले आफ्नो विजयीलाई जनताको चरणमा अर्पण गरेको जनाएका छन् । त्यस्तै, उनले आफ्ना पार्टीका करोडौं मतदातालाई समेत जितका लागि धन्यवाद दिएका छन् । सम्बोधनकै क्रममा उनले लोकसभा चुनावमा विजयी भएका सबै पार्टीका उम्मेदवारलाई बधाई तथा शुभकामना समेत दिए ।

उनले भारत संघीय मुलुक रहेको र आफ्नो पार्टीले हरेक राज्यको विकासका लागि साथ दिने समेत बाचा गरेका छन् । आफ्नो आदर्श र विचारबाट पछि नहट्ने भारतीय जनता पार्टीको विशेषता रहेको उल्लेख गर्दै उनले पछिल्लो यात्रामा आएका अनेक उतारचढावको सामना गर्न पार्टी सक्षम रहेकै कारण यो परिणाम हात लागेको बताए ।

सम्बोधनकै क्रममा उनले ३० वर्षसम्म भारतमा सेक्युलरिज्मको नारा लाग्दै आएको भएपनि सन् २०१४ पश्चात त्यसबाट भारतीय जनताले उन्मूक्ति पाएको बताए । उनले भारतमा जातीयताको नामबाट राजनीति गर्नेहरुको दिन समाप्त भएको समेत दाबी गरे । यो विशाल जनमतले भारतमात्र नभइ विश्वको ध्यान खिच्न सफल भएको बताए ।

उनले सरकार बहुमतबाट बनेपनि मुलुक भने सर्वमतबाट चल्ने भन्दै चुनावमा के भयो भन्ने बिर्सेर अब मुलुकको हितका लागि सबैलाई साथमा लिएर अघि बढ्ने बाचा गरे ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ९ : ५० बजे

अनिश्चित भविष्य बोकेर काम गर्न बाध्य छन् नेपाली श्रमिक 

काठमाडौं– हरेक वर्ष मे १ मा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस

एनएम निर्वाचन : काठमाडौं उपत्यका भित्र आज र भोली मतदान हुँदै 

काठमाडौं-नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि काठमाडौं

डोजरबाट जोगिन बुद्धनगरबासीले टाँसे लालपूर्जा र नक्सापास (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको बुद्धनगरस्थित बागमती किनारका बासिन्दाले आफ्नो घरअगाडि भित्तामा जग्गाको

यूएईद्वारा इरान, इराक र लेबनान यात्रामा प्रतिबन्ध, आफ्ना नागरिकलाई तत्काल फर्किन आग्रह

काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकका लागि इरान,

सरकारविरोधी प्रदर्शनमा सहभागी इरानका २१ वर्षीय युवकलाई फाँसी

तेहरान- इरानमा एकजना २१ वर्षीय युवकलाई फाँसीमा चढाइएको छ। बीबीसी