रेलको टिप्पणीप्रति चीन असन्तुष्ट « Khabarhub

रेलको टिप्पणीप्रति चीन असन्तुष्ट


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-केरुङ–काठमाडौं रेलमार्गको विषयलाई लिएर नेपालमा चलेका टिप्पणीहरूप्रति चीनले असन्तुष्टि जनाएको कान्तिपुर दैनिकले खबर छापेको छ। केही समयअघि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि चिनियाँ राजदूत होउ याङ्चीले पनि यस्तै आशयको धारणा सार्वजनिक गरेकी थिइन्।

उनको आशयसँग मेल खाने गरी चिनियाँ पक्षले पनि बेइजिङमा नेपाली प्रतिनिधिमण्डलसामु यस्तै संकेत गरेको छ। नेपाल–चीन रेलमार्ग सहयोगसम्बन्धी चौथो द्विपक्षीय सचिवस्तरीय वार्तामा पनि यस्तो दृश्य देखिएपछि नेपाली पक्ष मिडियासँग बोल्न हच्किएको थियो।

‘चिनियाँ पक्षको असन्तुष्टि बुझेरै हुन सक्छ, नेपालका कुनै पनि सदस्यले मिडियासँग प्रतिक्रिया जनाउन चाहेनन्,’ स्रोतले भन्यो, ‘सायद चिनियाँहरू यस विषयमा निकै संवेदनशील भएको नेपाली टोलीले महसुस गरेको हुन सक्छ।’ नेपालका मिडियामा चिनियाँ रेलबारे एकदमै ‘हाइलाइट’ भएका खबर चिनियाँ सञ्चारमाध्यममा अनुवाद गरी छापिएका थिए। कामभन्दा कुरा बढी भइरहेको प्रति चीनले मौखिक असन्तुष्टि जनाएको स्रोतको दाबी छ।

बेइजिङस्थित नेपाली राजदूतावासका तर्फबाट नेपाल–चीन रेलमार्ग सहयोगसम्बन्धी बैठकमा सहभागी मिनिस्टर सुशील लम्सालले भने, ‘केरुङ–काठमाडौं रेलमार्ग भौगोलिक रूपमा निकै जटिल भएकाले धैर्यपूर्वक तयारी गर्नुपर्छ।’ नेपालले जतिसुकै हतारो गरे पनि अप्ठ्यारो ठाउँमा रेलमार्ग बनाउनुपर्ने भएकाले अध्ययन अझै जारी राख्ने मनस्थितिमा चीन पुगेको उनको भनाइ छ। बिहीबार बेइजिङमा सम्पन्न चौथो सचिवस्तरीय वार्ता टोलीले सम्भाव्यता अध्ययन (फिजिबिलिटी) खर्च, रेलवे सर्भेलगायत विषय पाँचौं चरणको वार्ताले टुंग्याउने निष्कर्ष निकालेको थियो।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ७ : ३६ बजे

रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र कायम रहने

काठमाडौं – रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने

रवि-बालेनलाई मुछेको ‘द ग्रे जोन’को रिपोर्टबारे जवाफ दिनै मानेनन् अर्थमन्त्रीले

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

समुद्रबाट चीनको ‘ग्राभिटी–१’ रकेट प्रक्षेपण, नौ उपग्रह अन्तरिक्षमा

एजेन्सी– चीनले बुधबार समुद्रबाट आफ्नो ‘ग्राभिटी–१’ वाई-३ वाहक रकेट सफलतापूर्वक

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

 काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु