रेलको टिप्पणीप्रति चीन असन्तुष्ट « Khabarhub

रेलको टिप्पणीप्रति चीन असन्तुष्ट


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-केरुङ–काठमाडौं रेलमार्गको विषयलाई लिएर नेपालमा चलेका टिप्पणीहरूप्रति चीनले असन्तुष्टि जनाएको कान्तिपुर दैनिकले खबर छापेको छ। केही समयअघि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि चिनियाँ राजदूत होउ याङ्चीले पनि यस्तै आशयको धारणा सार्वजनिक गरेकी थिइन्।

उनको आशयसँग मेल खाने गरी चिनियाँ पक्षले पनि बेइजिङमा नेपाली प्रतिनिधिमण्डलसामु यस्तै संकेत गरेको छ। नेपाल–चीन रेलमार्ग सहयोगसम्बन्धी चौथो द्विपक्षीय सचिवस्तरीय वार्तामा पनि यस्तो दृश्य देखिएपछि नेपाली पक्ष मिडियासँग बोल्न हच्किएको थियो।

‘चिनियाँ पक्षको असन्तुष्टि बुझेरै हुन सक्छ, नेपालका कुनै पनि सदस्यले मिडियासँग प्रतिक्रिया जनाउन चाहेनन्,’ स्रोतले भन्यो, ‘सायद चिनियाँहरू यस विषयमा निकै संवेदनशील भएको नेपाली टोलीले महसुस गरेको हुन सक्छ।’ नेपालका मिडियामा चिनियाँ रेलबारे एकदमै ‘हाइलाइट’ भएका खबर चिनियाँ सञ्चारमाध्यममा अनुवाद गरी छापिएका थिए। कामभन्दा कुरा बढी भइरहेको प्रति चीनले मौखिक असन्तुष्टि जनाएको स्रोतको दाबी छ।

बेइजिङस्थित नेपाली राजदूतावासका तर्फबाट नेपाल–चीन रेलमार्ग सहयोगसम्बन्धी बैठकमा सहभागी मिनिस्टर सुशील लम्सालले भने, ‘केरुङ–काठमाडौं रेलमार्ग भौगोलिक रूपमा निकै जटिल भएकाले धैर्यपूर्वक तयारी गर्नुपर्छ।’ नेपालले जतिसुकै हतारो गरे पनि अप्ठ्यारो ठाउँमा रेलमार्ग बनाउनुपर्ने भएकाले अध्ययन अझै जारी राख्ने मनस्थितिमा चीन पुगेको उनको भनाइ छ। बिहीबार बेइजिङमा सम्पन्न चौथो सचिवस्तरीय वार्ता टोलीले सम्भाव्यता अध्ययन (फिजिबिलिटी) खर्च, रेलवे सर्भेलगायत विषय पाँचौं चरणको वार्ताले टुंग्याउने निष्कर्ष निकालेको थियो।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ७ : ३६ बजे

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला

झापा– झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ कुष्ठरोगी

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१४ बलमा अर्धशतक ! अभिषेक चम्किँदा भारतले निकाल्यो न्युजिल्यान्डमाथि १० ओभरमै जित

काठमाडौं – अभिषेक शर्मा चम्किँदा भारतले न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित

ओभिएडोविरुद्ध सानदार जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं – बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।