भारतीय प्रधानमन्त्री मोदीलाई ज्यानमार्ने धम्की, सुरक्षा निकायमा सतर्कता « Khabarhub

भारतीय प्रधानमन्त्री मोदीलाई ज्यानमार्ने धम्की, सुरक्षा निकायमा सतर्कता


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्यान मार्ने धम्की आएको खबरले यतिबेला भारतीय सुरक्षा निकायमा हल्लिखल्ली मच्चिएको छ ।

भारतीय सञ्चार संस्था एबीपी न्यूजले समाचार प्रकाशन गरेपछि सुरक्षा सतर्कता बढाउनुका साथै ज्यान मार्ने धम्कीका विषयमा अनुसन्धान शुरु गरिएको छ । प्रधानमन्त्री मोदी यही महिनामा केरल गएका थिए ।

उनी केरला गएपछि उनीमाथि ज्यानमार्ने धम्की आएको खुलासा भएको हो । यद्यपी प्रधानमन्त्री मोदीलाइ केहि समय अघि नै ज्यान मार्ने धम्की आएको सुरक्षा संयन्त्रलाई उदृत गर्दै एबीपी न्युजले जनाएको छ । स्रोतलाई उल्लेख गरेर एबीपीले लेखेको छ, ‘गुरुवायुर मन्दिरको यात्रामा नै प्रहरीहरुलाई एक खाम दिइएको थियो ।

खाममा एक पाँच सय रुपैयाँको नोट समेत थियो । जसमा मलयालम भाषामा पीएम मोदीलाई मार्ने धम्कीपूर्ण कुरा उल्लेख गरिएको थियो । यो विषय अंग्रेजीमा पनि लेखिएको थियो ।’ प्रधानमन्त्री मोदीको ज्यान मार्ने धम्कीपछि सुरक्षा व्यवस्था मजबुद बनाउनुका साथै कसले पत्र लेखेको भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ८ : ५९ बजे

भारत, चीन र विश्व बैंकले सोधे- ‘कस्तो सहयोग कहाँ पठाऊँ ?’

काठमाडौं– विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग

गत आर्थिक वर्षमा २३ खर्ब बढी भित्रियो रेमिट्यान्स

काठमाडौं– गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा २३ खर्ब बढी

गुहारको आवाज आउँछ, तर टुलुटुलु हेर्‍यो, बस्यो : तेम्पा छिरिङ तामाङ

काठमाडौं– रसुवाको लाङटाङ गाउँका स्थानीय बासिन्दाको अझै उद्धार हुन सकेको

प्रधानमन्त्री बालेनलाई मार्ने धम्की दिएको आरोपमा एक युवक समातिए

काठमाडौं- सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री वालेन्द्र शाहलाई मार्ने धम्की दिएको आरोपमा

आजतकको दाबी : नेपालको बाढीमा १०५ भारतीय पर्यटक बेपत्ता, बिहारका ६ जिल्ला जोखिममा

नेपालमा बाढी- रसुवा जिल्लामा तिब्बततर्फबाट आउने भोटेकोशी नदीमा अचानक आएको