वार्षिकोत्सवमा निशुल्क स्वास्थ्य शिविर सञ्‍चालन « Khabarhub

वार्षिकोत्सवमा निशुल्क स्वास्थ्य शिविर सञ्‍चालन


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-सामुदायिक क्याम्पस मदन भण्डारी मेमोरियल कलेजले आफ्नो १८ औँ वार्षिकोत्सवको उपलक्ष्यमा शनिबार भक्तपुरको दधिकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्‍चालन गरेको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नंबर ४, गाम्चास्थित दधिकोट स्वास्थ्य केन्द्रमा भएको सो स्वास्थ्य शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठानको केन्द्रीय अस्पताल, तिलगङ्गाबाट तीन र भक्तपुर शाखाबाट आएका चार गरी सात जना आँखा विशेषज्ञले तीन सय चार स्थानीय वासिन्दाका आँखा निःशुल्क परीक्षण गरेका थिए । यसैगरी, समाज डेन्टल हस्पिटल, नयाँवानेश्वरको तर्फबाट आएका आठ जना दन्त विशेषज्ञले दुई सय नौ जना स्थानीय वासिन्दाका दाँत परीक्षण गरेका थिए ।

स्वास्थ्य शिविरको उद्घाटन सूर्यविनायक नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष उत्तम थापाले गरेका थिए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मदन भण्डारी मेमोरियल कलेजका क्याम्पस प्रमुख डम्बर बहादुर हमालले उत्कृष्ट र गुणस्तरीय शिक्षाका लागि समर्पित सो कलेजले विगत वर्षहरूमा पनि समुदायसँग सहकार्य गरी विभिन्न सामाजिक सेवामूलक कार्य गर्दै आएको स्मरण गरे । उनले सो स्वास्थ्य परीक्षणमा संलग्न स्थानीय वासिन्दाको दाँत र आँखाको थप उपचार समाज डेन्टल हस्पिटल र तिलगङ्गा आँखा प्रतिष्ठानले निःशुल्क गर्ने समझदारी भएको पनि जानकारी दिए ।

आँखा र दाँत परीक्षण गराउन भक्तपुरका विभिन्न स्थानदेखि स्थानीय वासिन्दाहरू स्वास्थ्य शिविरमा आएका थिए । स्वास्थ्य परीक्षण गराउनेमा बालबालिकादेखि ज्येष्ठ नागरिकहरूसम्म थिए ।

मदन भण्डारी मेमोरियल कलेजले स्थापनाकालदेखि नै विभिन्न सामाजिक र वातावरणीय चेतनामूलक कार्य सञ्चालन गर्दै आएको छ । जननेता नेपालरत्न मदन भण्डारीको जन्मदिन पारी यो कलेजले हरेक वर्ष असार १४ गते आफ्नो वार्षिकोत्सव मनाउने गरेको छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ९ : १३ बजे

‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर– कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था गर्न

नेपाल ‘ए’ ले एनटी स्ट्राइकलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी खेलमा

मुख्यमन्त्री थापा मगरले भदौ ७ गते विश्वासको मत लिने

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले यही भदौ ७

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौं– सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३