खानेपानीको समस्याले धारामा ताल्चा ! | Khabarhub Khabarhub

खानेपानीको समस्याले धारामा ताल्चा !


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- पर्याप्त मात्रामा धारामा खानेपानी नआउने भएपछि तनहुँको रिसिङ गाउँपालिका–२ ग्वास्लुङमा धारामा ताल्चा लगाउने गरिएको छ । खानेपानीको समस्याबाट पीडित यहाँका स्थानीयवासीले खानेपानी चोरी हुने डरले धारामा ताल्चा लगाउने गरेका हुन् ।

खानेपानीको मूल सुक्न थालेको र भएको पानी दुरुपयोग हुन थालेपछि धारामा ताल्चा लगाउने गरिएको स्थानीयवासी सीता मल्लले बताए । मल्लले भने, ‘खानेपानी दुरुपयोग हुन नदिनबाट जोगाउन यो उपाय अपनाएका हौँ ।’ उनका अनुसार दुई धारामा ताल्चा लगाइन्छ, साँझ ६ बजेदेखि ९ बजेसम्म पानी भर्नका लागि ताल्चा खोलिन्छ ।

‘अरु समयमा सधैँ ताल्चा लगाएर नै राख्ने गरिएको छ’, स्थानीयवासी तेजकुमारी वंशीले भने, ‘खानेपानीको दुःखले गर्दा यस्तो गरिएको हो ।’ उनका अनुसार खानेपानीको दुःखले गर्दा रित्तो गाग्री समयमै धारामा लगेर राख्नुपर्ने बाध्यता छ । ग्वास्लुङका १०० भन्दा बढी घरधुरी खानेपानी समस्याबाट पीडित छन् ।

खानेपानीको समस्याले गर्दा साँझ पर्न थालेसँगै धारामा स्थानीयवासीको भीड हुने गरेको छ । ‘साँझ पर्न थालेपछि अरु काम गर्न भ्याइँदैन, गाग्री बोकेर धारातर्फ दौडनुपर्छ’, स्थानीयवासी मीनकुमारी चन्दले भने ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  १० : २९ बजे

बेरुजुको पहिलो नम्बरमा अर्थमन्त्रालय, अन्यको अवस्था कस्तो ?

काठमाडौं- महालेखा परीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको प्रतिवेदनमा सबैभन्दा बढी

कसका कारण भाँडियो दलहरूबीच जुटिसकेको सहमति?

काठमाडौं – सहकारी ठगी प्रकरण छानबिनका लागि गठन गर्ने भनिएको

आईपिएल फाइनल : कोलकाताविरुद्ध पहिले ब्याटिङ गर्दै हैदरावाद

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ को फाइनलमा सनराइजर्स

जोस बटलर टी–२० मा तीन हजार रन बनाउने पहिलो इङ्ग्लिस खेलाडी

बेलायत –इङ्ग्ल्यान्डका कप्तान जोस बटलर आफ्नो देशबाट टी–२० मा तीन

सरकारले बजेटमार्फत् वित्तीय औजार चलाओस्‌ : अर्थविद् आचार्य (भिडियो)

काठमाडौं– अर्थविद् केशव आचार्यले आर्थिक शिथिलता हटाउन सरकारले अबको बजेटमार्फत