मुख छोपेर सडकमा घुम्दै गर्दा भेटियो सारा र कार्तिकको जोडी « Khabarhub

मुख छोपेर सडकमा घुम्दै गर्दा भेटियो सारा र कार्तिकको जोडी


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री सारा अली खान र कार्तिक आर्यनका केही तस्वीर एकाएक भाइरल भएका छन् । सामाजिक सञ्जालमा यी तस्वीर  भाइरल भएका हुन् । ती तस्वीरमा सारा र कार्तिक आफ्नो अनुहार छोपेर बाटोमा हिँडिरहेका छन् ।

कार्तिकले आफ्नो अनुहारमा रुमाल बाँधेका छन् । साराले पनि सलले आफ्नोअनुहार ढाकेकी थिइन् । तर यसरी हिँड्दा पनि फ्यानले यी दुवैलाई चिने ।

पछि फ्यानहरुले सारा र कार्तिकसँग तस्वीर खिचाए । अझ कार्तिक आर्यनसँग सेल्फी लिनलाई त युवतीहरुको भीड नै बनेको थियो । कार्तिकले आफ्ना महिला फ्यानसँग अङ्गालो हालेर तस्वीर खिचाएका थिए ।

खासमा यी दुवैजना सामान्य रुपमा घुमिरहेका थिए । उनीहरुलाई चिन्न पनि मुस्किल थियो । अझ अर्कातिर बलिउडका कलाकार सेक्युरिटीबिना खासै हिँड्दैनन् । यसरी लुकेर हिँड्दा पनि फ्यानले सारा र कार्तिकलाई चिनिहाले । त्यसपछि तस्वीर लिनेको भीड बन्यो ।

तर, सारा र कार्तिकका लागि यो पहिलो मौका भने होइन । सारा र कार्तिक पहिले पनि यसरी अनुहार लुकाएर आफ्नै तालमा हिँडिसकेका छन् । यसअघि एकपटक कार्तिक र साराले आफूहरु हिँडेको तस्वीर पनि शेयर गरेकी थिइन् । कार्तिक र साराको फिल्म ‘लभ आजकाल २’ को काम शुरु भइसकेको छ । त्यसैले पनि यी दुई प्राय: एकसाथ भेटिन्छन् ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  १२ : ०५ बजे

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५०