बागमतीको मुआब्जाका विषयमा छलफल | Khabarhub Khabarhub

बागमतीको मुआब्जाका विषयमा छलफल


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बागमतीको नदी भित्र परेको जग्गा मुआब्जा विवादका बारेमा विकास तथा प्रविधि समिति र कृषि समितिले छलफल शुरु गरेको छ ।

बागमती करिडोरको दोस्रो खण्ड अन्तर्गत पर्ने गोर्कण—गुह्वेश्वर खण्डको काम ठप्प भएको थियो । बागमती नदीको बहाव विस्तारको क्रममा नदी तटबन्धभित्र १८८ रोपनी क्षेत्रफलको व्यक्ति विशेषको जग्गा परेका थिए ।

बागमती नदी बिस्तारको क्रममा जग्गा अधिग्रहणमा समेटिएका पीडितहरुले नदीको बहाव क्षेत्रमा परेका जग्गा वापतको मुआब्जा नपाएको गुनासो गरेका थिए भने पटक पटक समितिमा आएर दवाबसमेत दिइरहेका थिए ।

यसैबीच एकीकृत बागमती सभ्यता विकास समितिले करिडोर निर्माण कार्य अघि बढाउन नसकेपछि काम ठप्प हुन पुगेको थियो । सो विषयमा ध्यानकर्षण गराउनका लागि समितिले केही महिनाअघि नै मन्त्रालयलाइ पत्राचार गरेको थियो ।

आइतवार भने मुआब्जा दिनु पर्ने हो या होइन भन्ने सम्बन्धमा विकास समिति र कृषि समितिले संयुक्त रुपमा बैठक गरेका छन् । छलफलमा १८८ रोपनी जमिनको मुआब्जा दिनुपर्ने हो की होइन् ? पहिले नदी रहेको ठाउँबाट बहव परिवर्तन गरेपछि त्यो जमिन के गरियो ?

मुआब्जाका लागि सार्वजनिक आव्हान गर्दा १८८ रोपनी जमिनका धनीहरु किन आएनन् ? अहिले मुआब्जा दिदा के हुँन्छ ? जस्ता विषयमा दुवै समितिले थप छलफल र अध्ययन गरेर निर्देशन दिने सहमति भएको छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  १२ : ०५ बजे

ट्रम्पले हतियार पठाउने निर्णय गरेपछि युक्रेनमा रुसको आक्रमण

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले अहिलेसम्मकै खराब हवाई

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार