बागमतीको मुआब्जाका विषयमा छलफल « Khabarhub

बागमतीको मुआब्जाका विषयमा छलफल


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बागमतीको नदी भित्र परेको जग्गा मुआब्जा विवादका बारेमा विकास तथा प्रविधि समिति र कृषि समितिले छलफल शुरु गरेको छ ।

बागमती करिडोरको दोस्रो खण्ड अन्तर्गत पर्ने गोर्कण—गुह्वेश्वर खण्डको काम ठप्प भएको थियो । बागमती नदीको बहाव विस्तारको क्रममा नदी तटबन्धभित्र १८८ रोपनी क्षेत्रफलको व्यक्ति विशेषको जग्गा परेका थिए ।

बागमती नदी बिस्तारको क्रममा जग्गा अधिग्रहणमा समेटिएका पीडितहरुले नदीको बहाव क्षेत्रमा परेका जग्गा वापतको मुआब्जा नपाएको गुनासो गरेका थिए भने पटक पटक समितिमा आएर दवाबसमेत दिइरहेका थिए ।

यसैबीच एकीकृत बागमती सभ्यता विकास समितिले करिडोर निर्माण कार्य अघि बढाउन नसकेपछि काम ठप्प हुन पुगेको थियो । सो विषयमा ध्यानकर्षण गराउनका लागि समितिले केही महिनाअघि नै मन्त्रालयलाइ पत्राचार गरेको थियो ।

आइतवार भने मुआब्जा दिनु पर्ने हो या होइन भन्ने सम्बन्धमा विकास समिति र कृषि समितिले संयुक्त रुपमा बैठक गरेका छन् । छलफलमा १८८ रोपनी जमिनको मुआब्जा दिनुपर्ने हो की होइन् ? पहिले नदी रहेको ठाउँबाट बहव परिवर्तन गरेपछि त्यो जमिन के गरियो ?

मुआब्जाका लागि सार्वजनिक आव्हान गर्दा १८८ रोपनी जमिनका धनीहरु किन आएनन् ? अहिले मुआब्जा दिदा के हुँन्छ ? जस्ता विषयमा दुवै समितिले थप छलफल र अध्ययन गरेर निर्देशन दिने सहमति भएको छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  १२ : ०५ बजे

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड