थलीका स्थानीय पुनः आन्दोलित, सडक बन्द गरेसँगै नगरपालिकाले चलायो डोजर « Khabarhub

थलीका स्थानीय पुनः आन्दोलित, सडक बन्द गरेसँगै नगरपालिकाले चलायो डोजर


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको चावहिल-साँखु खण्डअन्तर्गतको थली-साँखु सडकखण्ड स्तरोन्नती गर्ने कार्य कार्यन्वयन नभएपछि स्थानीयवासीले आइतवार थलीमा पुन आन्दोलन गरे ।

जेठ २८ गते स्थानीयवासीले सडक कालोपत्रे नभएको भन्दै टायर बालेर अनिश्चितकालीन बन्दको आवह्न समेत गरेका थिए ।

आन्दोलनपछि स्थानीय संघर्ष समिति र नगरपालिकाबीच तत्काल सडकमा देखिएको खाल्डाखुल्डी पुर्ने र एक हप्ताभित्र बाटो ग्रेडिङ गरी आवतजावत सहज बनाउने साथै तत्काल सडक निर्माणका लागि सडक बोर्डमा पहल गर्ने सहमति भएको थियो ।

तर हप्तादिन बितिसक्दा पनि सडक जस्ताको त्यस्तै भएपछि स्थानीयहरु पुन आन्दोलित बन्न पुगेका हुन् । आइतवार बिहान स्थानीयले १ घण्टासम्म सवारी आवगमनमा अवरोध पुर्‍याएका थिए ।

स्थानीयले सडक बन्द गरेसँगै नगरपालिकाले तत्काल सो सडकमा डोजर चलाउन शुरु गरेको थलीबाट निश्चल नेपालले खबरहबलाइ जानकारी दिए । ‘अहिले सडकको नाली खन्ने काम भइरहेको छ’ उनले भने ।

४ वर्षदेखि कालोपत्रे हुन नसकेको सो सडक खाल्डाखुल्डीले भरिएको छ । मोटरसाइकल तथा स्कुटर जस्ता साना सवारी साधन दिनहु सडकमा चिप्लने र दुर्घटना भइरहने स्थानीयले गुनासो गरेका थिए ।

त्यति मात्र होइन, पछिल्ला समय यो सडकमा मालबहाक सवारी साधन गुडिरहँदा सडक झनै दयनीय बन्दै गरेको उनीहरुको भनाइ छ । पानी परेसँगै सडकका खाल्डाखुल्डीमा पानी जमेर स्थानीयले कष्टकर जीवन बिताइरहेका छन् ।

यो पनि पढ्नुहोस्

चाबहिल-साँखु सडक खण्डः समस्यै-समस्याको पोको, कहिले फुक्छ गाँठो ?

तस्वीर : निश्चल नेपाल

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  १ : ०४ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन