संसदीय समितिको बैठकमा सचिवले ‘सांसदहरुले गलत बुझेको’ भनेपछि जनार्दन शर्मा झोक्किए « Khabarhub

संसदीय समितिको बैठकमा सचिवले ‘सांसदहरुले गलत बुझेको’ भनेपछि जनार्दन शर्मा झोक्किए


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन सचिव यादव कोइरालाले ‘सांसदहरुले गतल बुझेको’टिप्पणी गरेपछि राज्यव्यवस्था समितिको बैठकमा केही बेर स्थिति तनावपूर्ण बन्यो ।

संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा मन्त्री लालबाबु पण्डितले भनेका कुरालाई समितिका सदस्यहरुले गलत बुझेको भन्दै सचिव कोइरालाले स्पष्ट पार्ने कोशिस गरेपछि समिति सदस्य पूर्व गृहमन्त्री जनार्दन शर्माले प्रतिकार गर्दा स्थिति तनाबपूर्ण बनेको हो ।

समिति सदस्यहरुले गलत बुझे भन्ने अधिकार सचिवलाई नभएको भन्दै समिति सदस्य शर्माले प्रतिकार गरेपछि सभापति शशि श्रेष्ठले रुलिङ गर्दै ५ नम्बर बुँदाको विश्लेषण रोकि ६ नम्बर बुँदामा प्रवेश गर्न सचिवको ध्यानाकर्षण गराएकी थिइन् ।

समिति सदस्य शर्माले भने “गलत तरिकाले व्याख्या गरेको भनेर भन्नुहुन्छ उहाँले । त्यो भन्ने राईट छैन । हामीले लोकसेवाबाट गरौ भन्दा भन्दै रक्त सम्बन्ध भन्ने पनि उहाँ , हामी चुप लाएर बस्या छ । आज फेरि गलत ढंगले व्याख्या गरेका छैनौ । रोक्ने होइन । यो कुरा उहाँले भन्न पाईदैन । ”

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको बुँदा नम्बर ५को श्रेणी र तहगत व्यवस्थामाथि मन्त्रीले भनेको भनाइलाई समिति सदस्यहरुले गलत बुझेको भन्दै त्यसबारे थप प्रष्ट पार्ने प्रयास गरेपछि सचिव र समिति सदस्यबीच भनाभन भएको हो । समितिको बैठकमा ५ नम्बर बुँदामा विवाद भएपछि त्यसलाई छोडेर ६ नम्बर बुँदाको छलफल अगाडि बढाईसकेको बेला सचिवले ५ नम्बर बुँदामा प्रवेश गर्दै समिति सदस्यहरुले मन्त्रीको कुरालाई गलत बुझेको अभिव्यक्ति दिएका थिए ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  १ : १४ बजे

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी