पढाउने बहानामा ११ वर्षीया बालिकालाई ६ महिनादेखि चरित्र लुटियो « Khabarhub

पढाउने बहानामा ११ वर्षीया बालिकालाई ६ महिनादेखि चरित्र लुटियो


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घोराही– पाँच वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा घोराही उपमहानगरपालिका–२ का १८ वर्षीय मुकेश विक अहिले कैदमा छन् ।

दाङ देउखुरी जिल्ला अदालतले वैशाख २८ गते दोषी ठहर गर्दै विकलाई १६ वर्ष कैदको फैसला सुनायो भने पीडितलाई ५० हजार क्षतिपूर्ति उपलब्ध गरायो । यस्तै १० वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा तुलसीपुरका ५५ वर्षीय हजुरबुबा पर्ने व्यक्तिलाई उक्त अदालतले छ महीना कैद, रु दुई हजार जरिवाना र पीडितलाई रु पाँच हजार क्षतिपूर्ति उपलब्ध गराएको थियो ।

जिल्लामा बलात्कार र बलात्कारका प्रयासका घटना बढ्नाका साथै यस्ता घटनामा संलग्नमध्ये अधिकांश पक्राउ परेका छन् भने केही व्यक्ति फरारको सूचीमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन गौतमले बताए ।

२८ वर्षीया महिलालाई तुलसीपुर उपमहानगरपालिका– ११ का महेश भनिने भुवन धिताललाई गत चैत १३ गते बलात्कारको अभियोगमा प्रहरीले पक्राउ ग¥यो । अहिले ती व्यक्ति जबर्जस्ती करणी सम्बन्धी मुद्दामा पूर्पक्षमा छन् ।

सोही अपराधमा घोराही उपमहानगरपालिका– १४ का ४४ वर्षीय ऋषिराम आचार्य पनि पूर्पक्षमा छन् । एघार वर्षीया बालिकालाई पढाउने, लेखाउने बहानामा छ महीनादेखि बलात्कार गरेको उनीमाथि अभियोग छ ।

यसैगरी ११ वर्षीया बालिकालाई सल्यानबाट दाङ ल्याएर बलात्कार गरेको अभियोग लागेका सल्यानका २२ वर्षीय पुरुषोत्तम दमाइँ पनि पूर्पक्षका लागि कारागारमा छन् ।

बितेको छ महीनामा दाङमा ४२ बलात्कार तथा बलात्कार प्रयासका घटना दर्ता भएको छ । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा बढी हो । अघिल्लो आर्थिक वर्ष ५१ बलात्कार तथा बलात्कारका प्रयासका घटना भएका थिए ।

४२ बलात्कार तथा बलात्कार प्रयासका घटनामा पीडित ४३ मध्ये २६ पाँच वर्षदेखि १७ वर्षसम्मका बालिका रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङ शाखा प्रतिनिधि जेएन सागरले बताए ।

बलात्कार तथा बलात्कारका प्रयासका घटनामध्ये १५ देखि २० प्रतिशत घटनाको अन्तिम फैसला भइसकेको अदालतले जनाएको छ ।
बलात्कारका घटनामा प्रहरी, शिक्षक, परिवारका सदस्य (हजुरबुबा, भिजानु र ससुरा)बाटै संलग्न भएको पाइन्छ ।

तुलसीपुर बसपार्कमा कार्यरत प्रहरी हबल्दार ३६ वर्षीय मानबहादुर गुरुङलाई एक ३१ वर्षीय महिलालाई बलात्कार गरेको अभियोग लागेको छ भने बबई गाउँपालिका एक प्रौढलाई आफ्नै बुहारीलाई बलात्कार गरेको अभियोग छ ।

समाजमा सचेना र जागरण बढेपछि यौन हिंसा बाहिर आउनथालेको महिलाअधिकारकर्मी बताउँछन् । हिजो पुरानो मान्यता थियो, पीडित आफै दोषी हुनुपर्ने अवस्था थियो तर अव समाजमा चेतना बढेको र कानूनी ज्ञान पनि भएकाले घटना बाहिर आउने गरेको महिला अधिकार रक्षक सञ्जालका केन्द्रीय सचिव लक्ष्मी आचार्यले बताइन् ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  २ : २४ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको