लागूऔषधसहित १४ जना पक्राउ « Khabarhub

लागूऔषधसहित १४ जना पक्राउ


३१ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङबाट नियन्त्रित लागूऔषध ट्रामाडोलसहित चितवनको राप्ती नगरपालिका–१ का ३२ वर्षीय गोविन्द तामाङ र मकवानपुरको मनहरी गाउँपालिका–३ लामिटारका २४ वर्षीय सफल विक्रम राणा पक्राउ परेका छन्।

त्यसैगरी, ललितपुर महानगरपालिका–१८ वाइवाई चोकबाट ट्रामाडोलसहित धादिङको नीलकण्ठ नगरपालिका–५ घर भई ललितपुरको चुनिखेल बस्ने २२ वर्षीय नवीन आले मगरसहित दुई जना पक्राउ परेका छन्। उदयपुरको बेलका नगरपालिका–८ कोठुबाट नाइट्राजेपामसहित सोही नगरपालिका–४ प्रगति टोलका २१ वर्षीय सरोज बर्देवा पक्राउ परेका छन्।

कञ्चनपुरको बेलौरी नगरपालिका–१ फटैया खल्लाबाट ब्राउनसुगरजस्तो देखिने पदार्थसहित पुनर्वास नगरपालिका–११ डोकेबजारका ३० वर्षीय विशाल विक र कैलालीको जोशीपुर गाउँपालिका–९ का २२ वर्षीय कुशल चौधरी पक्राउ परेका छन्। झापाको मेचीनगर नगरपालिका–२ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित सोही नगरपालिका–८ का ३९ वर्षीय मिलन मेचेसहित चार जना पक्राउ परेका छन्।

सुनसरीको इटहरी उपमहानगरपालिका–१ हलगडा चोकबाट ट्रामाडोल र डाइक्लोमाइनसहित मोरङको सुन्दरहरैँचा नगरपालिका–५ सिक्किमे चोकका ३१ वर्षीय पर्शुराम गुरुङ तथा इटहरी–२ बरगाछीबाट सोही ठाउँका २८ वर्षीय उज्ज्वल बुढाथोकी पक्राउ परेका छन्। प्रहरीले उनीहरूले प्रयोग गरेका दुई मोटरसाइकलसमेत बरामद गरेको छ।

यसैगरी, तनहुँको भिमाद नगरपालिका–६ शान्तिनगर टोलमा डेरा गरी बस्ने सोही नगरपालिका–३ जलौदीका ३१ वर्षीय शिव मल्ललाई फेनारगन, डाइजेपाम र बुप्रेनोर्फिनसहित पक्राउ गरिएको छ।

प्रकाशित मिति : ३१ आश्विन २०८३, शनिबार  ११ : १३ बजे

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर