नियमित योग गरे बाँझोपन र डिप्रेसन हट्छ, कुन–कुन योगासन गर्ने ? | Khabarhub Khabarhub

नियमित योग गरे बाँझोपन र डिप्रेसन हट्छ, कुन–कुन योगासन गर्ने ?


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- योग साधनाबाट जीवन र स्वास्थ्यमा थुप्रै फाइदा प्राप्त गर्न सकिन्छ भन्ने कुराको उदाहरण प्रसस्त हामीले देखेका छौँ ।
नियमित योग साधनाले गर्भपतन पनि रोकिने तथ्य पत्ता लागेको छ । यस्तै पुरुषको प्रजनन् क्षमता बढ्ने छ ।

यसका साथै आनुवांशिक कारणले हुने डिप्रेसनका लागि पनि योगले एक थेरापी सरह काम गर्ने छ । हालै गरिएको दुई अध्ययनले यी कुराहरु पत्ता लगाएको हो । योगले बाँझोपन, आनुवांशिक डिप्रेसन र रुमेटाइड अर्थराइटिसजस्ता समस्यालाई थेरापीको रुपमा काम गर्ने अध्ययनले देखाएको छ ।

योगका कारण परिवारमा खुशी

योगले पुरुषमा भएको बाँझोपनको समस्यालाई पनि समाधान गर्न सक्छ । योगसँग बाँझोपनको सम्बन्ध बुझ्नका लागि कयौँ अनुसन्धान पनि भइरहेको छ । पछिल्लो अध्ययन २० हप्ता भित्र तीन या सोभन्दा बढी गर्भपतन भएका महिलाका पतिमाथि गरिएको थियो । ३० पुरुषमाथि उक्त अध्ययन २१ दिनसम्म गरिएको थियो । यसबाट अचम्मित पार्ने परिणाम हात लागेको थियो । योग तथा मेडिटेसन गर्ने पुरुषमा सकारात्मक प्रभाव देखिएको थियो । पुरुषमा भएको बाँझोपनको समस्यामा सुधार हुँने र महिलाले गर्भधारण गर्न सफल भएका छन् । अध्ययनले पुरुषको प्रोगेसिप मोटेलिटीमा वृद्धि तथा डीएनए र आएनएमा सुधार भएको देखाएको छ ।

कुन योगासनले बाँझोपनलाई हटाउँछ ?

अध्ययनका क्रममा ३० पुरुषलाई २१ दिनसम्म हरेक दिन एक घण्टा फरक–फरक योगासन तथा मेडिटेशन गराइएको थियो । यसमा १० आसन तथा ५ तरिकाको प्राणायाम गर्न लगाइएको थियो । अध्ययनका क्रममा उनीहरुलाई सूर्य नमस्कार, तान्डासन, अर्ध चक्रासन, वृक्षासन, पादहस्तासन, पश्चिमोत्तानासन, भुजन्गासन, मत्यासन, कपालभाती, भ्रामरी र शवासन गराइएको थियो । आसनहरुको मद्दतले शुक्रकिटमा वृद्धि हुँदा महिलामा गर्भधारणको सम्भावना बढेको देखिएको थियो । यसक्रममा गरिएको अध्ययनपछि सातजना महिलाले सामान्य रुपमा स्वस्थ बच्चा जन्माएका थिए ।

योगबाट डिप्रेसन पनि निको हुन्छ ।

योगको फाइदा एक प्रकारको मात्रै छैन । यसको प्रभावले मानसिक तनाव डिप्रेसन पनि निको हुने अध्ययनले देखाएको छ । पछिल्लो समय डिप्रेसनका कारण थुप्रै मानिसहरु पीडित भइरहेका हुन्छन् । यो एउटा बिरामको रुपमा नै फैलँदै गएको छ । केही परिवारमा भने आनुवांशिक रोगको रुपमा पनि यो देखा पर्दछ ।

डिप्रेसनले दिमागका साथै शरीरको अन्य भागलाई पनि प्रभावित गर्दै लैजान्छ । नियमित योग गर्नाले डिप्रेसनबाट छुट्कारा मिल्ने अध्ययनले देखाएको छ । यस मामिलामा डिप्रेसनबाट बच्नका लागि सूर्य नमस्कार, शवासन, उत्तानपादासन, पवनमुक्तासन, वक्रासन गर्नुका साथै शान्ति मन्त्र तथा ध्यान गर्न आवश्यक हुन्छ ।

योगसँगै औषधि पनि लिन आवश्यक छ ?

औषधिका साथै नियमित रुपमा योग गरेमा छोटो समयमै धेरै लाभ प्राप्त हुनेछ । १२ हप्तासम्म गरिएको एक अध्ययनले यो कुराको पुष्टि गरेको हो । साइकेट्रिक अर्थात मनोविज्ञान विभागमा उपचार गराईरहेका १ सय ६० जना बिरामीमाथि यो अनुसन्धान गरिएको थियो । जसमा आनुवांशिक तथा अन्य कारणले बिरामी भएका व्यक्तिलाई सामेल गराइएको थियो । यिनीहरुलाई ८०–८० जनाको दुईवटा समूह बनाइएको थियो । जसमा एउटा समूहकालाई औषधि मात्रै सेवन गर्न दिइएको थियो भने अर्को समूहकाहरुलाई औषधिका साथै योग गराइएको थियो ।

अनुसन्धानको नतिजा आउनु पूर्व अध्ययन पश्चात दुवै समूहका व्यक्तिहरुको रगतको नमूना लिइएको थियो । रगत परीक्षणको नतिजा सबैलाई चकित पार्ने खालको आएको थियो । नतिजाअनुसार औषधि मात्रै सेवन गर्नेहरुमा २९ प्रतिशतमात्रै बिराममा सुधार आएको थियो भने औषधि र योग एक साथ गर्नेहरुमा ६० प्रतिशत सुधार देखिएको थियो ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ४ : ५५ बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश