ड्रोन खसालेपछि इरानमाथि अमेरिकाले थाल्यो साइबर आक्रमण « Khabarhub

ड्रोन खसालेपछि इरानमाथि अमेरिकाले थाल्यो साइबर आक्रमण


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– हवाई आक्रमण अन्तिम समयमा रोकेको अमेरिकाले इरानको हतियार प्रणालीमा आक्रमण थालेको छ ।

रकेट तथा मिसाइल लञ्चरलाई नियन्त्रण गर्ने कम्प्युटर प्रणालीलाई लक्षित गरी अमेरिकाले इरानको हतियारसम्बन्धी इन्टरनेट प्रणालीमा साइबर आक्रमण गरेको हो ।

इरानले अमेरिकी गुप्तचर ड्रोन खसालेपछि अमेरिकाले इरानमाथिको आक्रमणलाई तीव्रता दिएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । ड्रोन इरानले खसालेपछि दुई देशबीच तनाव बढेको छ । सोही आक्रमणको बदलामा अमेरिकाले साइबर आक्रमण गरेको जनाइएको छ ।

इरानले परमाणु हतियार बनाइरहेकाले उमाथि थप प्रतिबन्ध लगाउने घोषणा समेत अमेरिकाले गरिसकेको छ । आर्थिक प्रतिबन्ध र दबाबबाट मात्रै इरानले परमाणु कार्यक्रम रोक्ने ट्रम्पको भनाइ छ ।

इरानले अमेरिकी ड्रोन खसालेपछि राष्ट्रपति ट्रम्पले इरानको प्रतिकारका लागि अमेरिकी सेना तयार रहेको बताएका थिए । उनले इरानको प्रतिकारका लागि बन्दुक लोड भइसकेको  समेत दाबी गरेका थिए ।

इरानको रिभल्यूशनरी गार्ड कर्प्सले गत बुधबार दक्षिणी इरानको हर्मोजगान प्रान्तस्थित जलक्षेत्रको आकाशमा उडान भरेको ‘आरक्यू–४ ग्लोबल हक’ नामक चालकरहित ड्रोन खसालेको थियो ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ५ : ३६ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि