ड्रोन खसालेपछि इरानमाथि अमेरिकाले थाल्यो साइबर आक्रमण « Khabarhub

ड्रोन खसालेपछि इरानमाथि अमेरिकाले थाल्यो साइबर आक्रमण


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– हवाई आक्रमण अन्तिम समयमा रोकेको अमेरिकाले इरानको हतियार प्रणालीमा आक्रमण थालेको छ ।

रकेट तथा मिसाइल लञ्चरलाई नियन्त्रण गर्ने कम्प्युटर प्रणालीलाई लक्षित गरी अमेरिकाले इरानको हतियारसम्बन्धी इन्टरनेट प्रणालीमा साइबर आक्रमण गरेको हो ।

इरानले अमेरिकी गुप्तचर ड्रोन खसालेपछि अमेरिकाले इरानमाथिको आक्रमणलाई तीव्रता दिएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । ड्रोन इरानले खसालेपछि दुई देशबीच तनाव बढेको छ । सोही आक्रमणको बदलामा अमेरिकाले साइबर आक्रमण गरेको जनाइएको छ ।

इरानले परमाणु हतियार बनाइरहेकाले उमाथि थप प्रतिबन्ध लगाउने घोषणा समेत अमेरिकाले गरिसकेको छ । आर्थिक प्रतिबन्ध र दबाबबाट मात्रै इरानले परमाणु कार्यक्रम रोक्ने ट्रम्पको भनाइ छ ।

इरानले अमेरिकी ड्रोन खसालेपछि राष्ट्रपति ट्रम्पले इरानको प्रतिकारका लागि अमेरिकी सेना तयार रहेको बताएका थिए । उनले इरानको प्रतिकारका लागि बन्दुक लोड भइसकेको  समेत दाबी गरेका थिए ।

इरानको रिभल्यूशनरी गार्ड कर्प्सले गत बुधबार दक्षिणी इरानको हर्मोजगान प्रान्तस्थित जलक्षेत्रको आकाशमा उडान भरेको ‘आरक्यू–४ ग्लोबल हक’ नामक चालकरहित ड्रोन खसालेको थियो ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ५ : ३६ बजे

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने

बालेन भन्छन् : दिनेश सिटौलाको अभाव सधै खड्किनेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले