गर या मरको अवस्थामा मेस्सी, कतारलाई हराए नायक, हार व्यहोरे भिलेन ! « Khabarhub

गर या मरको अवस्थामा मेस्सी, कतारलाई हराए नायक, हार व्यहोरे भिलेन !


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्व फुटबलको सबैभन्दा पुरानो प्रतियोगिता कोपा अमेरिका दक्षिण अमेरिकी क्षेत्रको शीर्ष प्रतियोगिता हो । कोपा अमेरिका ब्राजिलमा जुन १४ देखि शुरु भएर अहिले समूह चरणका खेल भइरहेका छन् ।

प्रतियोगितामा उपाधि दाबेदार टोलीका रुपमा केही टोलीहरु रहेका छन् । जुन टिममा स्टार खेलाडीको साथ छ । त्यो मध्येको एक हो, अर्जेन्टिना । अर्जेन्टिना कोपा अमेरिकामा बलियो टोली मानिन्छ । त्यसैमाथि विश्व चर्चित खेलाडी लियोनल मेस्सी अर्जेन्टिनाका कप्तान समेत छन् । उनीमाथि अर्जेन्टिनाको जति विश्वास छ त्यति नै विश्वभरका उनका प्रशंसकको विश्वास पनि ।

२०१६ को कोपा अमेरिकाको फाइनलमा चिलीसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि मेस्सीले अन्तर्राष्ट्रिय फुटबल नै नखेल्ने निर्णय गरेका थिए । तर, पनि देशका माथिल्लो ओहदाका मानिसहरुदेखि फुटबल प्रशंसकले उनलाई अर्जेन्टिना राष्ट्रिय टोलीको जर्सीमा मैदान उत्रिएको हेर्न चाहान्थे ।

आवेसमा सन्यासको घोषणा गरेका मेस्सीले आफ्नो निर्णय फिर्ता लिए । मैदान उत्रिए । कोपामा व्यहोरेको पराजयलाई सन् २०१८ को विश्वकपमा मेस्सीले मल्हम लगाउने फुटबल पण्डितहरुको अनुमान थियो तर उनको टोली अर्जेन्टिना अन्तिम १६ बाट माथि जान सकेन । त्यति मात्र होइन उनले नकआउट चरणमा एक गोल समेत गर्न सकेनन् ।

विश्व फुटबलका महानतम खेलाडी मानिने मेस्सी र पोचुर्गिज स्टार क्रिस्टियानो रोनाल्डोबीचको प्रतिस्पर्धाले गर्दा पनि मेस्सी र अर्जेन्टिनाको खेललाई विशेष चासोका रुपमा हेर्ने गरिएको छ ।

मेस्सीबाट अर्जेन्टिनाले धेरै अपेक्षा गरेको छ र उनी आफैले पनि अर्जेन्टिनाका लागि ठूलो प्रतियोगिता जिताउने लक्ष्य रहेको बताउँदै आएका छन् ।

केही समय अगाडिमात्रै एक अन्तर्वार्ताका क्रममा मेस्सीले आफ्नो विगतलाई बिर्सदै वर्तमानलाई उत्कृष्ट बनाउने योजना सुनाएका थिए । क्लब फुटबलमा अधिकांश जसो रेकर्ड आफ्नो नाममा बनाएका मेस्सीले राष्ट्रका लागि भने कुनै उपाधि दिलाउन नसकेको भन्दै आलोचना हुने गरेको छ ।

आलोचकहरुले मेस्सीले बार्सिलोना भन्दा बाहिरबाट राम्रो प्रदर्शन गर्न नसक्ने र उनलाई अर्जेन्टिना भन्दा स्पेन(बार्सिलोना) प्यारो भएको टिप्पणी गर्दै आएका छन् । यद्दपी मेस्सीले भने ति भनाइहरुको खण्डन गर्दै आएका छन् ।

जारी कोपामा पनि मेस्सीले उनले नै प्रस्तुत गरेका खण्डनहरुलाई चिर्ने खेल कौशल प्रदर्शन गर्न सकेका छैनन् ।

कोपामा मेस्सी नेतृत्वको अर्जेन्टिनाले राम्रो खेल्दै उपाधि घर लैजाने विश्वास अर्जेन्टिना तथा मेस्सीका समर्थकको थियो । तर, शुरुवात मै अर्जेन्टिनाले कमजोर खेल प्रदर्शन गर्‍यो ।

कोपाको पहिलो खेलमा कोलम्बियासँग २–०ले पराजित भएको अर्जेन्टिनी टोलीविरुद्ध अर्जेन्टिनाका लिजेण्ड डिएगो म्याराडोनाले समेत व्यङ्ग गरे । उनले फिफा वरियताको पुछारका टोलीहरुले पनि अहिलेको अर्जेन्टिनी टोलीलाई हराउन सक्ने बताएका थिए ।

दोस्रो खेलमा पनि स्टार खेलाडीले भरिपूर्ण अर्जेन्टिनी टोलीले खेलमा कुनै प्रभाव देखाउन सकेन । पाराग्वेसँगको खेलमा अर्जेन्टिनाले बराबरी खेल्न पुग्यो त्यो पनि पाराग्वेका खेलाडीले डिबक्सभित्र ह्याण्ड गरेपछि पाएको बलमा पाएको पेनाल्टी मार्फत । मेस्सीले पेनाल्टीमा गोल गरे । त्यसपछि पाराग्वेले पनि पेनाल्टि पाएको थियो तर उक्त पेनाल्टि भने अर्जेन्टिनाका किपरले रोके ।

बहिर्गमनको सम्भावना !

विश्वचर्चित खेलाडीहरु मेस्सी, सर्जियो अग्वेरो, एन्जल डी मारिया लगायतका खेलाडीले सजिएको टोली अहिले कोपाबाट बाहिरिने संघारमा पुगेको आकलन फुटबल पण्डितहरुले गर्न सुरु गरेका छन् । समूह बीमा रहेको अर्जेन्टिनाले अब आफ्नो अन्तिम खेल कतारसँग खेल्न बाँकि छ र उक्त खेल जित्नै पर्ने दबाबमा लियोको टोली परेको छ । अर्जेन्टिनाले कतारसँग सोमबार(भोलि) बिहान नेपाली समय अनुसार सवा ६ बजे भाग्यको जाँच गर्दैछ ।

एसियाको च्याम्पियन टोली कतारलाई पराजित गर्न अर्जेन्टिनालाई पनि उत्किकै सकस हुने निश्चित प्रायछ । कतारका प्रशिक्षक फिलिक्स सान्चेजले आफ्नो टोली मेस्सीसँग सेल्फि लिन मात्रै नआएको बताइसकेका छन् । उनको यो भनाइबाट पनि कतारले आफुलाई बलियो टोलीका रुपमा अर्जेन्टिनाविरुद्ध प्रस्तुत गर्ने छ ।

फुटबलमा ठूला भनिने टीमलाई चुनौतीका रुपमा साना टीमहरु रहने गरेका छन् । विश्वकप वा अन्य ठूला प्रतियोगिताहरुको नतिजालाई आधार मान्ने हो भने फुटबलका पावरहाउसहरु र स्टार खेलाडीले भरिपूर्ण टोलीलाई साना र चर्चामा नरहेका टोलीले पराजित गर्दै सनसनी मच्चाउने गरेका छन् । यसबाट अर्जेन्टिना अछुतो रहला भन्न सकिने अवस्था छैन ।

समूह बी अन्तर्गत कोलम्बिया दुई खेल खेल्दै ६ अंक सहित शीर्ष स्थानमा रहेको छ । समान २ खेल खेलेको पाराग्वे दुबै खेल बराबरी खेल्दै २ अंकसहित दोस्रो स्थानमा छ । २ खेल नै खेलेको कतार एक खेल बराबरी र एकमा हार व्यहोर्दै तेस्रो स्थानमा छ । समूहको चौंथो स्थानमा रहेको अर्जेन्टिनाको २ खेलबाट एक अंक मात्र रहेको छ । सोमबार बिहान हुने कतार बिरुद्धको खेल जितेमा अर्जेन्टिना तालिकाको दोस्रो स्थानमा उक्लने छ । तर, म‌गलबार बिहान हुने खेलमा पाराग्वेले कोलम्बीयालाई पराजित गरेमा अर्जेन्टिनाको सम्भावना गणितिय मात्र बाँकी रहनेछ ।

तर पाराग्वे र कोलम्बीयाले बराबरी खेले भने अर्जेन्टिनालाई फाइदा पुग्ने छ । कतारसँग पराजित भएको खण्डमा भने अर्जेन्टिना स्वत बाहिरिने छ ।

अर्जेन्टिनामा मेस्सीको प्रदर्शन

अर्जेन्टिनाका लागि ८ वटा महत्वपूर्ण प्रतियोगिता खेलिसकेका मेस्सीले अहिलेसम्म देशका लागि उपाधि जिताउन भने असफल भएका छन् । अर्जेन्टिनी जसीमा १२५ क्याप खेलेका मेस्सीले देशका लागि सबैभन्दा धेरै गोलको रेकर्ड भने राखेका छन् ।

सन् २००५ मा अर्जेन्टिनाबाट डेव्यू गरेका मेस्सीले १३२ खेलबाट ६८ गोल गरेका छन् । यसअघि अर्जेन्टिनाका स्ट्राइकर ग्रायवियल बाटिस्टुटा अर्जेन्टिनाका टप स्कोरर थिए । उनले ७७ खेलबाट ५४ गोल गरेका थिए ।

जिते हिरो, हारे भिलेन 

स्पेनिस क्लब बार्सिलोनाबाट व्यवसायीक फुटबल खेलिरहेका मेस्सीले ५ पटक विश्व फुटबलको सबैभन्दा ठूलो उपाधि वा‘लोन डिअर जितिसेका छन् । उनले ला लिगामा खेलेको ४ सय ५२ खेलमा ४१९ गोल गरेका छन् ।

कतारसँगको खेल नै अन्तिम नभएपनि कतारलाई पराजित गर्न सके मेस्सीले उनका प्रशंसकबाट नायकको गुनगान सुन्नेछन् भने पराजित भएको खण्डमा प्रशंसकले भिलेनको दर्जा दिनेछन् । त्यो अहिलेको अवस्थामा मात्रै होइन, मेस्सीले धेरै प्रतियोगितामा हार व्येहोर्दा भोगिसकेका छन् । कतारविरुद्ध अर्जेन्टिनी टोली भन्दा पनि मेस्सी स्वयमका लागि जीत निकाल्नै पर्ने दबाब रहेको छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ६ : ०४ बजे

जेन-जी प्रदर्शनकारीमाथिको मुद्दा फिर्ता लिन प्रतिवेदन गृहमन्त्रालय पठाइने

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन

झलनाथ खनालले अघि सारेको १५ बुँदे विशेष प्रस्तावमा के छ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालको अगुवाइमा सुरु भएको ‘समाजवादी जागरण

बबरमहलमा आकाशे पुल जडान, भर्‍याङ राखेपछि सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– माइतीघर–नयाँ बानेश्वर सडकखण्डअन्तर्गत बबरमहलमा पैदलयात्रीका लागि आकाशे पुल बनाइँदै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं– उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले

झलनाथ अब नेकपामा सक्रिय नहुने, समाजवादी जागरण अभियान सञ्चालन गर्ने

काठमाडौं- वामपन्थी नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले छुट्टै अभियान सञ्चालन