झलनाथ अब नेकपामा सक्रिय नहुने, समाजवादी जागरण अभियान सञ्चालन गर्ने « Khabarhub

झलनाथ अब नेकपामा सक्रिय नहुने, समाजवादी जागरण अभियान सञ्चालन गर्ने


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वामपन्थी नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले छुट्टै अभियान सञ्चालन गर्ने भएका छन् । आज राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले समाजवादी जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

अब उनी नेकपामा सक्रिय हुनेभन्दा पनि वाम आन्दोलनलाई एक बनाउन लाग्ने उनको सचिवालयले जानकारी दिएको छ ।

‘छुट्टै अभियान सञ्चालन गर्ने निर्णय भएको हो । अब उहाँ नेकपामा भन्दा पनि वाम आन्दोलन एक बनाउन भूमिका खेल्नुहुन्छ ।’ उनको सचिवालय स्रोतले खबरहबसँग भन्यो ।

पछिल्लो समय उनी नेकपामा भूमिकाविहीन जस्तै भएका छन् ।

खनालले समाजवादी जागरण अभियान सुरु गर्ने विषयमा यसअघि नै विभिन्न वामपन्थी विचारधाराका नेताहरूसँग छलफल भइरहेको बताएका थिए ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ४ : २१ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली