राजनीतिक सुधारको योजनाबाट पछि हट्दै श्रीलंकाली राष्ट्रपति सिरिसेना « Khabarhub

राजनीतिक सुधारको योजनाबाट पछि हट्दै श्रीलंकाली राष्ट्रपति सिरिसेना


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– श्रीलङ्काको संविधानमा व्यापक सुधारका लागि प्रतिवद्धता व्यक्त गरेका श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना उक्त योजनाबाट तत्कालका लागि पछि हट्ने सङ्केत देखाएका छन् ।

लोकप्रियताका लागि गरिने सुधारवादी कुराले देशमा राजनीतिक अस्थिरता निम्त्याएको भन्दै उनले संविधानको १९ औँ संशोधनको कुराबाट तत्कालका लागि पछि हट्ने बताएका हुन् ।  सविधानको १९ औँ संशोधनमार्फत शक्तिशाली राष्ट्रपतिको केही अधिकारलाई प्रधानमन्त्रीमा निहित गर्ने योजना रहेको थियो ।

देशका प्रमुख संस्थालाई राजनीतिक रङबाट टाढा राख्ने पूर्वघोषित कार्यक्रमलाई शक्ति सङ्घर्षको खतराबाट मुक्त गर्न प्रस्तावित राजनीतिक सुधारको योजना तत्काल अघि नबढाउने उनले सङ्केत गरेका छन् ।  ‘यहाँ एक जना मात्र नेता छैन । यसले अस्थिरतालाई निम्त्याउँछ’ सिरिसेनाले कोलम्बोमा सरकारी अधिकारीसँग आइतबार भएको एक बैठकमा बताए ।

सिरिसेनाले सन् २०१५ मा भएको निर्वाचनमा राष्ट्रपतिको केही अधिकारलाई १९ औँ संशोधनबाट प्रधानमन्त्रीमा सार्ने साथै संसदलाई थप सशक्त पारी प्रजातन्त्रका मूल्य र मान्यतालाई संरक्षण गर्ने प्रतिवद्धताका कारण उनलाई बहुमत मिलेको थियो ।

गत बर्षको अक्टोबरमा प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई पदबाट हटाएर एकाएक पूर्व शक्तिशाली शासक राजापाक्षलाई सत्तामा ल्याउन गरेको राष्ट्रपतिको प्रयास विफल भएपछि उनको छविमा प्रश्न चिह्न लागेको थियो ।

सिरिसेनाले आफ्नो कार्यकाल एक बर्ष लम्व्याउन गरेको प्रयास पनि यहाँको अदालतको आदेशका कारण विफल भएको थियो । सिरिसेनासँग वर्तमान संविधानलाई संशोधन गर्नका लागि संसदमा दुई तिहाई बहुमत नभएकोले पनि संविधान संशोधनको मुद्दाबाट पछि हटेको विश्लेषकहरूको बुझाई छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ७ : १३ बजे

भोटेकोशी बाढीः ९३९ जनाको शव फेला, तीन हजार ९२५ अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बेत्रावतीको एउटै घरभित्र भेटिए २२ वटा शव

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र २२

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ १६ गते मंगलबार सन् २०२६