६ लाख नगदसहित १३ जुवाडे पक्राउ « Khabarhub

६ लाख नगदसहित १३ जुवाडे पक्राउ


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– प्रहरीले सूर्यविनायक नगरपालिका–५ सल्लाघारीबाट जुवातास खेलिरहेको अवस्थामा तेह्र जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले रु छ लाख एक हजार नगदसहित १३ जनालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार पक्राउ परेको १३ जना विरुद्ध आइतबार नै मुद्दा चलाएर कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।

यसैबीच, भक्तपुर नगरपालिका–१० कमलविनायकमा उपेन्द्र ढकालको घरमा डेरागरी बस्दै आएका ४५ वर्षीय राजकुमार थापा मृत अवस्थामा भेटिएका छन् । थापा आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन् ।

ठेगाना खुल्न नसकेका थापाको शव परीक्षणका लागि भक्तपुर अस्पताल लगिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ८ : १० बजे

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौँ– तातोपानी नाका तीन खुल्ने भएको छ । यही कात्तिक

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त