सुनको अवैध कारोबार गर्ने १०७ जना पक्राउ, ८४ किलो सुन बरामद « Khabarhub

सुनको अवैध कारोबार गर्ने १०७ जना पक्राउ, ८४ किलो सुन बरामद


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले अवैध सुन कारोबार नियन्त्रणका लागि सक्रियता बढाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल सुन अवैध कारोवारमा संलग्न व्यक्तिमार्फत सूचना लिएर अन्यलाई पक्राउ गर्ने अभियान तीव्र पारिएको बताए ।

चालू आवको ११ महिनामा सुनको अवैध कारोवारमा संलग्न १०७ जनालाई पक्राउ गरिएको छ । भारतबाट सुन ल्याएको अभियोगमा २०७५ फागुन २ गते कञ्चनपुरको झलारीका लक्ष्मण तिरुवा पक्राउ परे । उनको घरमा खाल्डोभित्र लुकाएर राखेको अवस्थामा पाँच किलो सुन फेला पर्‍यो । यस्तै प्रहरीले शङ्कर विकको घरमा पनि खाल्डोमा लुकाएर राखेको १८ किलो अवैध सुन बरामद गर्‍यो ।

अघिल्लो आवमा ९० जना पक्राउ परेका थिए । चालू आवमा पक्राउ परेका व्यक्तिबाट ८४ किलो सुन बरामद गरिएको पोखरेलले बताए । सो क्रममा रु २३ करोड ५५ लाख ४१ हजार राजश्व सङ्कलन भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले मात्र रु १२ करोड ९० लाख राजश्व सङ्कलन गरेको छ ।

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालका अनुसार अपराध र अपराधीप्रति कानूनी कठोरताको नीति लिएकाले घटनामा कमी आएको हो । प्रहरीले अवैध सुन कारोवार नियन्त्रणलाई उच्च प्राथमिकता दिँदै आएको छ ।

आधुनिक प्रविधिको कारण कारोवारीले सुनको अवैध कारोवारमा पनि नयाँ नयाँ शैली अपनाउने गरेका छन् । प्रहरीले सक्रियता बढाउनाका साथै सूचना सञ्जाल विस्तार गरेकाले अपराध घट्दै जाने पोखरेलको भनाइ छ । नियन्त्रणबारे अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्दीप भण्डारीले भन्सारसँग समन्वय गरी विशेष निगरानीका साथ सुनको अवैध कारोवार गर्नेलाई पक्राउ गरिँदै आएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ८ : ३४ बजे

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी