सुनको अवैध कारोबार गर्ने १०७ जना पक्राउ, ८४ किलो सुन बरामद | Khabarhub Khabarhub

सुनको अवैध कारोबार गर्ने १०७ जना पक्राउ, ८४ किलो सुन बरामद


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले अवैध सुन कारोबार नियन्त्रणका लागि सक्रियता बढाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल सुन अवैध कारोवारमा संलग्न व्यक्तिमार्फत सूचना लिएर अन्यलाई पक्राउ गर्ने अभियान तीव्र पारिएको बताए ।

चालू आवको ११ महिनामा सुनको अवैध कारोवारमा संलग्न १०७ जनालाई पक्राउ गरिएको छ । भारतबाट सुन ल्याएको अभियोगमा २०७५ फागुन २ गते कञ्चनपुरको झलारीका लक्ष्मण तिरुवा पक्राउ परे । उनको घरमा खाल्डोभित्र लुकाएर राखेको अवस्थामा पाँच किलो सुन फेला पर्‍यो । यस्तै प्रहरीले शङ्कर विकको घरमा पनि खाल्डोमा लुकाएर राखेको १८ किलो अवैध सुन बरामद गर्‍यो ।

अघिल्लो आवमा ९० जना पक्राउ परेका थिए । चालू आवमा पक्राउ परेका व्यक्तिबाट ८४ किलो सुन बरामद गरिएको पोखरेलले बताए । सो क्रममा रु २३ करोड ५५ लाख ४१ हजार राजश्व सङ्कलन भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले मात्र रु १२ करोड ९० लाख राजश्व सङ्कलन गरेको छ ।

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालका अनुसार अपराध र अपराधीप्रति कानूनी कठोरताको नीति लिएकाले घटनामा कमी आएको हो । प्रहरीले अवैध सुन कारोवार नियन्त्रणलाई उच्च प्राथमिकता दिँदै आएको छ ।

आधुनिक प्रविधिको कारण कारोवारीले सुनको अवैध कारोवारमा पनि नयाँ नयाँ शैली अपनाउने गरेका छन् । प्रहरीले सक्रियता बढाउनाका साथै सूचना सञ्जाल विस्तार गरेकाले अपराध घट्दै जाने पोखरेलको भनाइ छ । नियन्त्रणबारे अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्दीप भण्डारीले भन्सारसँग समन्वय गरी विशेष निगरानीका साथ सुनको अवैध कारोवार गर्नेलाई पक्राउ गरिँदै आएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ८ : ३४ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित