पहिरोले २८ परिवार विस्थापित « Khabarhub

पहिरोले २८ परिवार विस्थापित


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा- सङ्खुवासभाको मकालु गाउँपालिका–५ मा पहिरोका कारण २८ परिवार विस्थापित भएका छन् ।

एकसाता यता परेको वर्षापछि गएको पहिरोले जिल्लाका २८ परिवार विस्थापित भएको स्थानीयवासी मक्करध्वज राईले बताए।
“पहिरोले अन्नबाली र अलैँची सखाप पारेको छ”, उनले भने “पीडित परिवार उद्धारको पर्खाइमा छन् ।”

घरमा बस्न सक्ने अवस्था नहुँदा विस्थापित परिवार नजीकैको खुला ठाउँमा बसेका छन् । घरमा भएको अन्नपात सकिएपछि उनीहरुलाई के खाने भन्ने चिन्ता परेको राईले बताए । स्थानीयवासी शैलेन्द्र राईले पहिरोका कारण बाटोघाटो भन्द भएको बताए । खानेपानीको मुहानसमेत पहिरोले बगाएको छ । “आकाशेपानी सङ्कलन गरेर पिउने गरेका छौँ”, उनले भने ।

पेपुवाबाट मकालु गाउँपालिकाको केन्द्रसम्म पुग्न सात घण्टा लाग्छ । उनीहरु किनमेल गर्न नुम र हेदाना बजार पुग्न सकिरहेका छैनन् । पहिरो पीडितका लागि मकालु गाउँपालिकाले राहत सामग्री सदरमुकाम खाँदबारीमा तयारी अवस्थामा राखेको प्रजिअ जीवनप्रसाद दुलालले बताए ।
गाउँपालिकाले विस्थापितका लागि चामल ११७ बोरा, दाल १२ बोरा, एक सय किलो नुन, पाइप, पानी राख्ने ट्याङ्की र ७४ त्रिपाल खरीद गरेको छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  १० : २७ बजे

अमेरिकाको ‘पीस प्लान’ले रुस–युक्रेनमा हलचल

काठमाडौं– युक्रेन–रुस युद्ध रोक्न अमेरिकाले अघि सारेको प्रस्तावित ‘पीस प्लान’लाई

प्रतिनिधिसभा निर्वाचन : झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा

नवलपुरमा घटे महिला मतदाता

नवलपुर– अघिल्लो निर्वाचन (२०७९) मा भन्दा यसपालि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा महिला

असावधानीका कारण आगलागीका घटनामा वृद्धि

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही

बाँकेका थारू बस्तीमा माघीको चहलपहल

राँझा– बाँकेका थारू बस्तीमा माघीपर्वको चहलपहल सुरु भएको छ ।