एक बिरामीको पेटबाट डाक्टरले निकाले ४ इन्च लामा १२२ वटा फलामका किला ! « Khabarhub

एक बिरामीको पेटबाट डाक्टरले निकाले ४ इन्च लामा १२२ वटा फलामका किला !


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटा किलाले मानिसको जीवनलाई मरण बनाइदिएका कैयौँ उदाहरणहरु छन् । तर इथियोपियामा एक ब्यक्तिको पेटबाट डाक्टरहरुले १२२ वटा किला उपचारका क्रममा निकालेका छन् ।

मानसिक रुपमा बिरामी रहेका ती व्यक्तिले निलेर पेटमा अड्किएका ती सबै काँटीहरु चिकित्सकले एकैसाथ पेट चिरेर बाहिर निकालेका हुन् । ३३ वर्षका ती व्यक्तिको पेटबाट ४ इन्च लामा फलामका १ सय २२ वटा किला, ४ वटा पिन, टुथपिक तथा काँचका टुक्राहरु समेत निकालिएको सेन्ट पिटर्स स्पेशलाइज्ड अस्पतालले जनाएको छ ।

पछिल्लो दुई वर्षदेखि उनले औषधि खान छाडेका कारण अवस्था बिग्रिएसँगै यो दुरावस्था निम्तिएको बताइएको छ । त्यतिधेरै वस्तुहरु पेटमा हुँदा पनि पेट नकाटिएका कारण उनले पुर्नजीवन पाएको चिकित्सकहरुले बताएका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ५ : ३२ बजे

सभामुख अर्यालको आह्वान : ‘जलवायु संसदीय कूटनीति’ सुरु गरौँ

काठमाडौँ – सभामुख डीपी अर्यालले अन्तर–व्यवस्थापिका संघको १५३औँ सभालाई सम्बोधन गर्दै

सभापतिमा उम्मेदवारी दर्ता गर्दै गगनले भने : सबैलाई स्पेस दिन्छु

काठमाडौं- नेपाली कांग्रेसको सभापति पदका लागि गगन कुमार थापाले उम्मेदवारी

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत