टि–२० विश्वकप छनोट एसिया फाइनलमा नेपाल र कतार भिड्दै « Khabarhub

टि–२० विश्वकप छनोट एसिया फाइनलमा नेपाल र कतार भिड्दै


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टि–२० विश्वकप छनोट एसिया फाइनलमा आज (मंगलबार) नेपाली क्रिकेट टोलीले कतारविरुद्ध पहिलो खेल खेल्दैछ । इन्डियन एसोसियसन मैदानमा हुने खेलमा नेपालले कतारसँग नेपाली समय अनुासर सवा ७ बजे शुरु हुनेछ ।

छनौटमा पहिलो खेल्न लागेको नेपाली टोलीको सुखद् शुरुवातको खोजिमा रहेको छ भने कतार नेपाललाई रोक्ने लक्ष्यमा छ ।

जुलाई ९ देखि २० सम्म मलेसियामा अभ्यास गरेको नेपाली टोलीका लागि कतारसँगको खेल तुलनात्मक रुपमा सहज हुनेछ । अनुभवी खेलाडी रहेको् नेपाली टोली युवा खेलाडीको साथमा कतारविरुद्ध मैदान उत्रिदैछ । सिंगापुरमा रहँदा नेपाली टोलीले आफ्नो ‘पर्फमेन्स’ सुधारमा समेत ध्याान दिने नेपाली टोलीका कप्तान पारस खड्काले बताइसकेका छन् ।

मलेसियासँगको शृङ्खलामा ओपनिङ ब्याटिङमा आएका कप्तान खड्का विश्वकप छनोटमा पनि ओपनिङमा आउने योजनामा रहेका छन् । मध्ये क्रमलाई सम्हालिइर खेल्दै नेपाललाई जीत दिलाउन महत्वपूर्ण भूमिका खेल्दै आएका कप्तान खड्का ओपनिङमा आएपनि नेपाली टोलीको यसअघिदेखिको ओपनिङ समस्या नदोहोरिने अनुमान लगाइएको छ ।

कप्तानलाई ओपनिङमा प्रदिप ऐरी र विनोद भण्डारीमध्ये एक जनाले साथ दिनेछन् ।

यसअघि चोटग्रस्त रहेका मध्यक्रमका ब्याट्सम्यान दिपेन्द्रसिंह ऐरी पनि कतारका लागि फिट रहेको नेपाली टोलीले जनाइसकेको छ । सन्तुलित खेलाडीसहित सिंगापुर पुगेको नेपालले विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पार्ने लक्ष्य बनाएको छ । छनोटको शीर्ष टोली विश्वकप छनोटको ग्लोबल छनोटमा प्रवेश गर्नेछ ।

यसअद्धि नेपालले कतारसँग ६ पटक प्रतिस्पर्धा गरेको छ । जसमा ४ एकदिवसीय र २ टी– ट्वान्टी खेल रहेका छन् ।

४ एकदिवसीयमा ३ पटक नेपालले जितेको छ भने कतारले १ खेलमा जित निकालेको छ । यस्तै टी–ट्वान्टीमा नेपालले १ र कतारले १ खेल जितेको छ ।
पहिलो पटक नेपाल र कतार सन् २००१ को आईसीसी ट्रफीमा प्रतिस्पर्धा गरेको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ६ : ४५ बजे

‘ग्रिनल्यान्डलाई अमेरिकी अस्पताल जहाजको आवश्यकता छैन’

कोपनहेगन– डेनमार्कका रक्षामन्त्री ट्रोअल्स लुन्ड पौल्सेनले ग्रिनल्यान्डलाई अन्य देशहरूबाट चिकित्सा

बालबालिकामा इन्टरनेटको लत : अभिभावकलाई स्वास्थ्य, शिक्षाका विषयमा चिन्ता

काठमाडौं– पछिल्लो समय प्रविधिको विकास भएसँगै मोबाइल फोन र इन्टरनेटको

चितवन–३ मा कस्तो छ चुनावी माहोल ?

चितवन–  चितवन क्षेत्र नं ३ का नेपाली कांग्रेस र नेकपा (एमाले)का

निर्वाचनको समयमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस

काठमाडौं– निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यही फागुन

छायाँनाथ रारा नगरपालिकामा श्रम बैंक

मुगु– श्रमबाटै समृद्धि सम्भव हुन्छ भन्ने उद्देश्यले छायाँनाथ रारा नगरपालिकाले