किन खाने आँप ? « Khabarhub

किन खाने आँप ?


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

फलफूलको राजा मानिने आँप स्वास्थ्यका लागि पनि निकै गुणकारी मानिन्छ । आँपमा भिटामिन ए, भिटामिन सी का साथै कपर, जिंक, मिनरल्स, फाइबर पाइन्छ। आँपको नियमित सेवन गर्दा शरीरलाई धेरै फाइदा पुग्छ।

आँप खाँदा हुने फाइदा

  • नियमित आँप सेवनले शरीरमा शक्ति प्रदान गर्नुका साथै शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ।
  • आँपमा पाइने फाइबर र भिटामिन सीले शरीरमा ‘कोलेस्ट्रोल लेवल’ कम गर्न मद्दत गर्छ।
  • आँपमा पाइने भिटामिन एले आँखा तेजिलो हुनुका साथै आँखासम्बन्धी समस्याबाट बचाउँछ।
  • आँपको नियमित सेवनले पेटमा हुने कब्जियत, एसिडिटी तथा ग्यास्ट्रिकको समस्याबाट छुटकारा मिल्छ।
  • आँप सेवनले ‘ब्लडप्रेसर लेवल कन्ट्रोल’ गर्न मद्दत गर्नुका साथै मुटुसम्बन्धी समस्याबाट बच्न सकिन्छ।
  • आँपमा प्रशस्त मात्रामा आइरनले शरीरमा रगत बढाउनुका साथै एनिमियाको समस्या हुन दिँदैन।
  • आँपमा पाइने भिटामिन बी ६ ले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरण शक्ति बढाउँछ।

आँपमा प्रशस्त मात्रामा पाइने भिटामिन–सी, भिटामिन –ए तथा २५ विभिन्न खाले कयारोटेन्वाइडसले हाम्रो रोग प्रतिरोधक प्रणालीलाई स्वस्थ्य राख्छ ।

क्यान्सरको रोकथामा सहयोगी

आँपमा पाइने क्युरसेटिन, आइसो क्युरसेटिन, अस्ट्रागालीन, फिसेटिन, स्गालीक एसीड, मिथाइल गाल्लेट, साथै प्रचुर मात्रामा पाइने इन्जाइमस तथा एण्टीअक्सीडेन्ट हरु ले (कोलन), ठूलो आन्द्रा ,बक्षस्थल तथा रक्त क्यान्सर हुन बाट बचाउन सहयोगी हुने गर्दछ।

कोलेस्ट्रोल न्यून गराउन

आँपमा उच्च तहमा (फाइबर ) रेसा भिटामिन –सी, पेकटीन पाइने हुँदा यीनले रक्त झोल (सिरम ) मा कोलेस्ट्रोल को मात्रा खास गरी कम घनत्वको लिपोप्रोटिन जुन साँच्चीकै शरीरको लागि घातकलाई न्यूनीकरण गरी दिन्छ ।

छालाकाे सुन्दरताका लागि
छालाको रुप रंग बारे सवैलाई चासो हुन्छ । छालाको छिद्र सफा गर्नुका साथै डण्डीफोर, कालो दाग हटाउन आँप फलदायी मानिन्छ ।

मद्युमेह नियन्त्रण

आँपको पातलाई उमालेर रातभर राखेरबिहानी पख सेवन गर्दा मद्युमेह निको हुन्छ । आँप भिटामिन–ई बढी पाइने हुँदा यौनिक क्षमतामा अभिवृद्धि गराउँछ । आँपले खानेकुरा पचाउन सघाउछ ।

काँचो आँपको रस पानी चीनी मिसाएर बनाएको सर्वतले हाम्रो शरीरको तापक्रम घटाउनुका साथै लु बाट समेत बचाउँछ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ८ : २६ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर