आज पुष्पलालको ४१ औं स्मृति दिवस मनाइँदै | Khabarhub Khabarhub

आज पुष्पलालको ४१ औं स्मृति दिवस मनाइँदै


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति दिवस आज (मंगलबार) देशभरि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देशभरी नै पुष्पलालको सम्झनामा स्मृति दिवस मनाउने कार्यक्रम तय गरेको छ ।

सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यका साथ पुष्पलालको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो ।

उनले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गरेका थिए । विसं १९८१ असार १५ गते पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठको कोखबाट रामेछाप जिल्लाको भँगेरी गाउँमा जन्मिएका पुष्पलालको २०३५ साल साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

तत्कालीन निरंकुश पञ्चायती व्यवस्थाले उनको शव समेत नेपाल ल्याउन दिएको थिएन । वि.सं. १९९७ मा दाजु गंगालाललाई राणाशासन फाल्न लागेको आरोपमा गोली हानी हत्या गरिएपछि दाजुको अभियानलाई पूरा गर्न उनले राजनीतिक यात्रा शुरु गरेका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ८ : २७ बजे

बालबालिकासम्बन्धी ऐन कार्यान्वयन गर्न अदालतद्वारा परमादेश

खजुरा– बाँके र बर्दियाका स्थानीय तहको नाममा बालबालिकासम्बन्धी ऐनलाई कार्यान्वयन

बझाङमा एमाले उम्मेदवार भण्डारीलाई दोब्बर मतको अग्रता

बझाङ– बझाङ प्रदेश सभा १ को जारी मतगणनामा नेकपा एमालेका

जुम्लाबाट हत्या अभियोगमा एक जना पक्राउ

जुम्ला– जुम्लाको पातारासि गाउँपालिका-३ छुम बस्ने ५६ वर्षीया सुवा महतराको

नवलपुरमा वन डढेलो नियन्त्रण बाहिर

नवलपुर– नवलपुरमा गत चैत पहिलो सातादेखि लागेको वन डढेलो अझै

राष्ट्रियसभा सदस्य अञ्जान शाक्यले लिइन् सपथ

काठमाडौं– राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले पद तथा गोपनीयताको सपथ