६ वर्षपछि ऋतिकलाई सफलता, बक्स अफिसमा ‘सुपर ३०’ ले गर्‍यो कमाल « Khabarhub

६ वर्षपछि ऋतिकलाई सफलता, बक्स अफिसमा ‘सुपर ३०’ ले गर्‍यो कमाल


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – ऋतिक रोशनको हालै रिलिज भएको फिल्म ‘सुपर ३०’ ले बक्स अफिसमा भलै कुनै रेकर्ड तोड्न सकेको छैन, तर यो फिल्मले धमाकेदार व्यापार गरिरहेको छ । ऋतिकजस्ता ठूला स्टारको अनुपातमा पनि फिल्मको व्यापार खासै धेरै भन्न नमिल्ला तर फिल्मको बजेट अनुसार यसको व्यापार राम्रो हो ।

फिल्म विश्लेषकहरु यो फिल्मले २ सय करोड सजिलै कमाउने अनुमान गरेका छन् । फिल्मले मुनाफा पनि राम्रो गरिरहेको छ । यो फिल्मले हालसम्म १ सय करोडभन्दा बढी कमाइ गरिसकेको छ ।

ऋतिक रोशनको खातामा ६ वर्षपछि बल्ल सफल फिल्म परेको हो । यसअघि उनी अभिनित फिल्म ‘कृष ३’ पनि सुपरहिट भएको थियो । यो फिल्मलाई उनका पिता राकेश रोशनले निर्देशन गरेका थिए ।

‘कृष ३’ पछि ऋतिकका ४ फिल्म रिलिज भए । तर, ती फिल्मले खासै व्यापार गर्न सकेनन् । सन् २०१७ मा रिलिज भएको फिल्म ‘काबिल’ को राम्रो चर्चा भयो तर यो फिल्मबाट पनि वितरक घाटामा गए । निर्माताले भने राम्रै कमाइ गरे ।

अहिले हलमा रिलिज भइरहेको उनको फिल्म ‘सुपर ३०’ ले भन दर्शकको मन जितेको छ । यो फिल्मको राइटस् लिएका सबै फाइदामा गएका छन् भने सिनेमा घरमा पनि फिल्मले दर्शक पाइरहेको छ ।

ऋतिकको शीर्ष भूमिका रहेको फिल्म ‘वार’ प्रदर्शन हुँदैछ । यो फिल्मले पनि धमाका मच्चाउने अनुमान गरिएको छ । किनकि, यो फिल्ममा अर्का स्टार टाइगर श्राफ पनि छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ११ : १५ बजे

एमालेमा ईश्वर पोखरेल समूह बढारिने खतरा, योगेश र गोकर्ण मात्रै सुरक्षित

काठमाडौं- नेकपा (एमाले) को ११ औँ महाधिवेशनको मतगणना परिणामअनुसार अध्यक्षका

रूसी सम्पत्ति प्रयोगमा इयुको निर्णायक शिखर सम्मेलन

एजेन्सी– युरोपेली सङ्घ (इयु) का नेताहरू युक्रेनलाई सहयोग गर्न फ्रिज

रवि र छविको मुद्दाको पेशी मुख्य न्यायाधीश आचार्य र न्यायाधीश पौडेलको इजलासमा

बुटवल– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन

अध्यक्षमा ओली र महासचिवमा पोखरलेको अग्रता कायमै

काठमाडौं– एमालेको ११औँ महाधिवेशनको मतगणना अद्यावधिक विवरणअनुसार अध्यक्षमा केपी शर्मा

खोटाङमा जडीबुटी प्रशोधन केन्द्र स्थापनाको तयारी

खोटाङ– कोशी प्रदेश सरकारले यहाँ निजी तथा सार्वजनिक क्षेत्रसँगको साझेदारीमा