विश्वकप छनोटको पहिलो खेलमा नेपाल ४ विकेटले पराजित « Khabarhub

विश्वकप छनोटको पहिलो खेलमा नेपाल ४ विकेटले पराजित


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ट्वान्टी–२० विश्वकप छनोट एसिया फाइनलमा नेपाल पहिलो खेलमा पराजित भएको छ । इन्डियन एसोसियसन क्रिकेट मैदानमा भएको खेलमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको हो ।

टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले दिएको १सय२३ रनको लक्ष्य पछ्याएको कतारले ४ बल बाँकी रहँदा लक्ष्य पुरा गर्‍यो । आईसीसी वरियतामा बलिया रहेको नेपाली टोलीका ब्याट्सम्यान चल्न नसक्दा पहिलो खेलमा नेपाल पराजित भएको हो । १ सय २३ रनको लक्ष्य पाएको कतारलाई रोक्न नेपाली बलरहरु पनि कमजोर सावित भए ।

नेपालविरुद्ध कतारका इनाम उल हकले उत्कृष्ट ब्याटिङ गर्दै ४१ र बनाए भने कमरान खानले २२ रन बनाएका थिए । कतारविरुद्ध नेपालका लागि सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै ३३ रन खर्चेर ३ विकेट लिए भने करण केसीले समान ४ ओभर बलिङ गर्दै १८ रन मात्रै खर्चिदै किफयती बलिङ गरे ।

यसअघि नेपालले निर्धारित २० ओभर खेल्दै सवै विकेट गुमाएर १२२ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३४ रन बनाए । ऐरीले ३५ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ३४ रन जोडेका हुन् ।

यस्तै कप्तान पारस खड्काले २८ रन जोडे । उनले १७ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २८ रन बनाए । उपकप्तान ज्ञानेन्द्र मल्लले २३ रन बनाए । २४ बलमा उनले २ चौका र १ छक्का हाने । सोमपाल कामी ११ र शरद भेषवाकरले ९ रन जोडे ।

विनोद भण्डारीले ३, करन केसीले ४, ललित नारायण राजव‌ंशी शुन्य, बसन्त रेग्मी १ र सन्दीप लामिछाने ९ रनमा पेभिलियन फर्किए । अभिनास बोहरा शुन्य रनमा अविजित रहे ।

कतारका लागि इकबल हुसेइनले सर्वाधिक ३ विकेट लिए । त्यस्तै तामुर सज्जाद र नौमन सरवारले २/२ तथा इनाम उल हकले १ विकेट लिए ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  १० : ४९ बजे

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन र्‍याडकन २०२६ सम्पन्न, डा. कार्की पहिलो अध्यक्ष निर्वाचित 

काठमाडौं- नेपालको रेडियोलोजी क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा कायम गर्दै पहिलो

पिएम कपमा विनोद भण्डारीको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले