२ दिन नेपाल बसेर फर्किए ‘रअ’ प्रमुख गोयल « Khabarhub

२ दिन नेपाल बसेर फर्किए ‘रअ’ प्रमुख गोयल


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आकस्मिक रुपमा नेपालमा आएका भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख समान्तकुमार गोयल २ दिन नेपाल बसेर फर्किएका छन् ।

गोयल नेतृत्वको ५ सदस्यीय टोली आइतवार काठमाडौंमा आएको थियो । रअ प्रमुख गोयल नेतृत्वको टोली नेपाल बसाई पाँच दिनभन्दा लामो हुने बताइए पनि बसाई छोट्याएर फर्किको उच्च सुरक्षा स्रोतले बतायो । रअको टोली बौद्धस्थित हायात होटलमा बसेको थियो ।

गत महिना रअ प्रमुख नियुक्त भएपछि गोयलको यो पहिलो नेपाल भ्रमण हो । उनी यसअघि पनि रअका विशेष सचिवका रुपमा कार्यरत थिए ।

भ्रमण टोलीमा रअको राजनीतिक ब्यूरो हेर्ने पदाधिकारीसमेत सहभागी थिए। उनीहरुले नेपालमा रहँदा उच्च राजनीतिक भेटघाट गरेको बताइएको छ ।  भारतीय प्रधानमन्त्रीको रुपमा नरेन्द्र मोदीले दोस्रो पटक सत्ता सम्हालेपछि रअका उच्च अधिकारीको यो पहिलो नेपाल भ्रमण हो ।

मोदीले नेपाल भ्रमण गर्ने विषय चर्चामा रहेको बेला रअका प्रमुखको नेपाल भ्रमणलाई अर्थ पूर्ण रुपमा लिइएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ११ : ०७ बजे

पोखरा विमानस्थलमा भ्रष्टाचार : पूर्वसचिव न्यौपानेसँग मागियो साढे ४ लाख रुपैयाँ धरौटी

काठमाडौं- विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कर छुटसम्बन्धी मुद्दामा

जीवन बीमा व्यवसाय २ खर्ब माथि, नेपाल लाइफको बजारमा वर्चस्व

काठमाडौं– नेपालका जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ मा कुल

मोदीको भिडियो हटाएकोमा जुकरबर्गले मागे माफी, भारतले दिएको थियो मेटालाई कारबाहीको चेतावनी

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुक भिडियो हटाएको र डीपफेक

न्यायाधीशलाई राजीनामा दिन दबाब पारिएको भन्ने प्रचार भ्रामक : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सर्वोच्च अदालतका

मुख्यमन्त्री कार्कीसहित कोशीको एमाले नेतृत्वसँग छलफल गर्दै ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशका पदाधिकारीसहित