‘कबड्डी ३’ को गीतलाई लाग्यो चोरीको आरोप, आलोक श्री भन्छन्- कानूनी उपचार खोज्छु « Khabarhub

‘कबड्डी ३’ को गीतलाई लाग्यो चोरीको आरोप, आलोक श्री भन्छन्- कानूनी उपचार खोज्छु


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ मा समावेश गीत ‘दूबो फुल्यो’ को संगीतलाई चोरीको आरोप लागेको छ । कालीप्रसाद बास्कोटा र शर्मिला बर्देवाले आवाज दिएको गीत ‘कहिले फोटो सिरानीमा’ बाट संगीत चोरी गरिएको आरोप लगाइएको हो ।

‘कबड्डी ३’ मा समावेश उक्त गीतको संगीत एसडी योगीले तयार पारेका हुन् । उनीमाथि आलोक श्रीले संगीत चोरीको आरोप लगाएका छन् ।

‘कहिले फोटो सिरानीमा’ बोलको गीतमा संगीतकार आलोक श्रीको संगीत छ । संगीतकार आलोक श्रीले यो गीत चोरी भएको आरोप लगाए । उनले एसडी योगीले आफ्नो संगीतबाट प्रभावित भएको आफूसँग स्वीकारेको पनि बताए ।

‘एसडी योगी भाइले रियालाइज गर्नुभयो, मैले त सीधै तिम्रो उमेर बराबरको मेरो संगीत करिअर छ भनेँ, यसरी चोरी गर्न मिल्दैन,’ आलोक श्रीले खबरहबसँग भने ।

गीत चोरी भएपछि आलोकश्रीले आफू कानूनी उपचारमा जान पनि पछि नपर्ने बताए । ‘उहाँहरु सहमतिमा आउनुभएन भने कानूनी रुपमै अगाडि बढ्छु,’ उनले भने ।

यता ‘कबड्डी ३’ को गीतमा संगीत दिएका संगीतकार एसडी योगीसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन् ।

यस्तो छ आलोक श्रीको संगीत रहेको ओर्जिनल गीत:

स‌ंगीत चोरीको आरोप लागेको कबड्डी ३ को गीत:

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  १२ : २२ बजे

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल

सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील

बरहथवा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार 

ललितपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बेलायत अमेरिकी ‘शान्ति बोर्ड’मा सामेल नहुने

एजेन्सी – बेलायतले डाभोसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ

‘बालेन्द्र आएपछि केही चुनौती बढेको छ, झापा ५ मा हामी जित्छौँ’

काठमाडौं- यस पटको प्रतिनिधिसभाको निर्वानमा इपिक सेन्टर बनेको छ झापा