गल्ती भयो ? अब के गर्ने ? « Khabarhub

गल्ती भयो ? अब के गर्ने ?


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

हरेक मानिसबाट कहिलेकाहीँ गल्ती हुने गर्छ । कतिपय गल्ती जानीजानी भएको हुन्छ भने कतिपय अन्जानमा । तर गल्ती अपराध होइन । न त यो असफलता नै हो ।

गल्ती बारम्बार दोहोरियो भने चाहिँ अपराध र असफलता दुवै बन्न सक्छ । गल्ती भइहाल्यो भने तनाव उत्पन्न हुन्छ । त्यसैले यस्तो अवस्थामा गल्ती सुधार गर्नका लागि तपाईं आफैँले महत्वपूर्ण भूमिका खेल्न सक्नुहुन्छ ।

आफूले गल्ती गरेको महसुस गर्नुभयो भने त्यो गल्ती को जिम्मेवारी लिनुहोस् । आफूले गल्ती गर्ने र अरुलाई दोष दिने व्यक्ति बाठो होइन, इमान्दारिता र हिम्मत नभएको व्यक्ति हो ।

आफ्नो गल्ती का कारण माफी माग्नुपर्ने छ भने पनि माफी माग्नुहोस् । माफी मागेर तपाईं सानो बन्नुहुन्न, झनै सम्मान कमाउनुहुन्छ ।
गल्ती के कारणले भएको हो ? त्यो गल्ती पछाडीको कारण पहिल्याउनुहोस् ।

कारण पत्ता लगाइसकेपछि त्यो गल्ती हुन नदिन तपाईंले के गर्नुपथ्र्यो भन्ने सोच्नुहोस् । अथवा, तपाईंले के गरेको भए त्यो गल्तीबाट जोगिनुहुन्थ्यो भन्ने सोच्नुहोस् ।

सबै कुराको विश्लेषणपछि त्यसलाई सिकाईको रुपमा लिनुहोस् । जब तपाईंले सबै कुरा विश्लेषण गरेर त्यसलाई सिकाईको रुपमा लिनुहुन्छ भविष्यमा तपाईंबाट फेरी त्यस्तै गल्ती हुने सम्भावना निकै कम हुन्छ ।

आफुबाट भएको गल्तीका कारण अब पश्चाताप नगर्नुहोस् । तपाईंले माफी माग्नुभयो, त्यो गल्तीलाई सिकाईको रुपमा लिइसक्नुभयो भने पश्चाताप गर्नुपर्ने ठाउँ पनि रहँदैन । गल्ती हरेक व्यक्तिबाट हुन्छ ।

ती गल्तीबाट आउने सिकाईले नै तपाईं सफलतातर्फ उन्मुख हुन सक्नुहुन्छ । यो पनि याद राख्नुहोस् कि, उही गल्ती तपाईंले बारम्बार दोहोर्‍याउनुभयो भने तपाईंलाई त्यही बानी नै सजाय बन्न सक्छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  १ : १३ बजे

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्