गल्ती भयो ? अब के गर्ने ? « Khabarhub

गल्ती भयो ? अब के गर्ने ?


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

हरेक मानिसबाट कहिलेकाहीँ गल्ती हुने गर्छ । कतिपय गल्ती जानीजानी भएको हुन्छ भने कतिपय अन्जानमा । तर गल्ती अपराध होइन । न त यो असफलता नै हो ।

गल्ती बारम्बार दोहोरियो भने चाहिँ अपराध र असफलता दुवै बन्न सक्छ । गल्ती भइहाल्यो भने तनाव उत्पन्न हुन्छ । त्यसैले यस्तो अवस्थामा गल्ती सुधार गर्नका लागि तपाईं आफैँले महत्वपूर्ण भूमिका खेल्न सक्नुहुन्छ ।

आफूले गल्ती गरेको महसुस गर्नुभयो भने त्यो गल्ती को जिम्मेवारी लिनुहोस् । आफूले गल्ती गर्ने र अरुलाई दोष दिने व्यक्ति बाठो होइन, इमान्दारिता र हिम्मत नभएको व्यक्ति हो ।

आफ्नो गल्ती का कारण माफी माग्नुपर्ने छ भने पनि माफी माग्नुहोस् । माफी मागेर तपाईं सानो बन्नुहुन्न, झनै सम्मान कमाउनुहुन्छ ।
गल्ती के कारणले भएको हो ? त्यो गल्ती पछाडीको कारण पहिल्याउनुहोस् ।

कारण पत्ता लगाइसकेपछि त्यो गल्ती हुन नदिन तपाईंले के गर्नुपथ्र्यो भन्ने सोच्नुहोस् । अथवा, तपाईंले के गरेको भए त्यो गल्तीबाट जोगिनुहुन्थ्यो भन्ने सोच्नुहोस् ।

सबै कुराको विश्लेषणपछि त्यसलाई सिकाईको रुपमा लिनुहोस् । जब तपाईंले सबै कुरा विश्लेषण गरेर त्यसलाई सिकाईको रुपमा लिनुहुन्छ भविष्यमा तपाईंबाट फेरी त्यस्तै गल्ती हुने सम्भावना निकै कम हुन्छ ।

आफुबाट भएको गल्तीका कारण अब पश्चाताप नगर्नुहोस् । तपाईंले माफी माग्नुभयो, त्यो गल्तीलाई सिकाईको रुपमा लिइसक्नुभयो भने पश्चाताप गर्नुपर्ने ठाउँ पनि रहँदैन । गल्ती हरेक व्यक्तिबाट हुन्छ ।

ती गल्तीबाट आउने सिकाईले नै तपाईं सफलतातर्फ उन्मुख हुन सक्नुहुन्छ । यो पनि याद राख्नुहोस् कि, उही गल्ती तपाईंले बारम्बार दोहोर्‍याउनुभयो भने तपाईंलाई त्यही बानी नै सजाय बन्न सक्छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  १ : १३ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले