८० प्रकारका चिया एकै ठाउँमा पिउन पाइने « Khabarhub

८० प्रकारका चिया एकै ठाउँमा पिउन पाइने


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–‘टेष्ट द बेस्ट’ भन्ने नारासहित नेपा टि प्रालीले अन्तर्राष्ट्रिय स्तरका ८० भन्दा बढि स्वादका चिया नेपाली बजारमा ल्याएको छ।

हाल काठमाडौंमा खुलेका जति पनि टि सपहरु छन्। त्यसमा नयाँ स्वादका चिया पाइदैनन्। नेपाली बजारमा नपाइने फलफूलका चियाहरु सुगर र प्रेसरका रोगीहरुका लागि हितकर मानिएको अर्गानिक चियालगायत विभिन्न ८० प्रकारका चिया पिउन पाइने प्रालीका सञ्चालक आशीष गिरीले जानकारी दिए।

नेपाली कच्चा पदार्थलाइ प्रयोग गरेर बनाइने त्यी ८० प्रकारका चियाहरु न्यूनतम २० रुपैयादेखि अधिकतम २ सय रुपैयासम्ममा उपभोक्ताले उपभोग गर्न पाउनेछन्।

यो टि सपमा उपलब्ध हुन चियाका बारेमा बताउँदै गिरी भन्छन्, ‘१८ प्रकारका ‘कालो चिया’ १५ प्रकारका ‘दूध चिया’ १३ प्रकारका ‘फ्रुट चिया’ र १५ प्रकारका नेपा आइसीइडी टि र अर्गानिक चिया पिउन पाइन्छ’।

अष्ट्रेलिया पुगेर फर्किएका गिरी सहित ६ युवाहरुले नेपालमा नयाँ धारणा सहितको टि सप सञ्चालन गरेका हुन्।

प्रालीद्धारा चावहिल भत्केको पुल, कोटेश्वर र पेप्सीकोलास्थित पिपल कम्प्लेक्स गरी ३ स्थानमा नेपाल टि सप सञ्चालन गरेका छन्।

३ स्थानमा टि सप सञ्चालनका लागि ५० लाख भन्दा बढि लगानी गरेको गिरी बताउँछन्। उनी भन्छन्, ‘नेपा टि सपले पसलमा बसेर चिया पिउन नभ्याउने ग्राहकलाइ होम डेलिभरीको समेत व्यवस्था गरेको छ’।

उनका अनुसार होम डेलिभरीका लागि भने पहिला नेपा टि को सदस्यता बन्नुपर्ने हुन्छ। सदस्यता बन्नका लागि शुल्क तिर्नुपर्दैन। ग्राहकले ‘नेपा टि टेष्ट द बेष्ट’ फेसबुक पेजमा एड गरी तथा टेलिफोन मार्फत पनि चिया अर्डर गर्न सक्नेछन्।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  १ : ३९ बजे

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरूङ भन्छन् : ओली-लेखकलाई पक्रियौँ, अब देशले नयाँ दिशा लिन्छ

काठमाडौं– गृहमन्त्री सुधन गुरूङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान

पूर्वप्रधानमन्त्री ओली पक्राउ

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । प्रहरीले

यस्तो छ केपी शर्मा ओलीविरुद्धको पक्राउ जरुरी पुर्जी

भक्तपुर- पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको

पूर्वप्रधानमनत्री ओलीको निवास भक्तपुरमा ठूलो संख्यामा प्रहरी परिचालन, पक्राउ गर्ने तयारी

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर गुण्डुस्थित निवासमा ठूलो संख्यामा