नेपाली क्रिकेटको विश्वकप सपना– कतारसँगको हारले ग्लोबल छनोटमै पुग्न चुनौतीपूर्ण | Khabarhub Khabarhub

नेपाली क्रिकेटको विश्वकप सपना– कतारसँगको हारले ग्लोबल छनोटमै पुग्न चुनौतीपूर्ण


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिंगापुरमा जारी ट्वान्टी–२० विश्वकप छनोट एसिया फाइनलअन्तर्गत कतारसँगको पहिलो खेलमा हार व्यहोरेसँगै नेपाली क्रिकेट टोलीका लागि यो प्रतियोगिता चुनौतीपूर्ण बनेको छ । प्रतियोगितामा सहभागीमध्ये तुलनात्मक रुपमा बलियो मानिएको नेपालले शुरुवातमै राम्रो प्रदर्शन गर्न सकेन ।

कतारसँग एकदिवसीय मान्यता प्राप्त टोलीको अप्रत्यासित नतिजाले नेपाली क्रिकेट खेलाडी र क्रिकेट समर्थकको मनोबल कमजोर बनाइदिएको छ । कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल ओपनिङमा आउँदा नेपालका लागि केही नयाँ परीक्षण थियो । उनीहरु यसअघि पनि ओपनिङमा आइरहेका थिए, तर कप्तान र उपकप्तानलाई ओपनगरका रुपमा यसअघि एकैसाथ देख्न पाइएको थिएन ।

दुवैजनाको साझेदारीका हिसावले ‘परीक्षण’ सफल भएपनि सम्पूर्ण टिमका लागि भने त्यसले राम्रो नतिजा दिन सकेन ।  यसअघि नेपालले खेलेका टी–२० फर्म्याटका अन्तर्राष्ट्रियमा प्रतियोगिताको ओपनिङमा राम्रो साझेदारी देख्न पाइएको थिइन । त्यसैले त खड्का र मल्लले बनाएको ४९ रनले किर्तीमान सुधार गर्‍यो । यसअघि २०१४ मा सुवास खकुरेल र सागर पुनको जोडीले ३६ रनको साझेदारी पारी खेलेको थियो ।

मंगलबार कतारविरुद्धको खेलमा कप्तान खड्का २८ रन बनाएर आउट भएपछि लगत्तै उपकप्तान मल्ल पनि खड्कालाई पछ्याउँदै पवेलियन फर्किए । उनले २३ रन बनाएका थिए ।

मल्ल र खड्काको साझेदारी टुटेपछि नेपालले अन्य राम्रो साझेदारी जोड्नै सकेन । तर, मध्यक्रमका ब्याट्सम्यान दिपेन्द्रसिंह ऐरीले सम्हालियर खेल्दै सर्वाधिक ३४ रन बनाए । अनुभवी र युवा खेलाडीको मिश्रण रहेको नेपाली टोलीलाई कतारले दिएको चुनौती आश्चर्यजनक हो ।

जुनसुकै अवस्थामा पनि कतारभन्दा नेपाली टोली बलियो हो । यद्यपि म‌ंगलबारको ३ घण्टाको खेलले नेपाललाई कतारसामू कमजोर साबित गरेको छ । विश्वकप छनोटका लागि मलेसिया जानु अघि कप्तान खड्काले खुलेर भनेका थिए, ‘टी–२० मा कुनै टोली बलियो भन्ने नै हुँदैन । यसमा खेलको दिन जसले राम्रो खेल्छ, त्यहि टोली बलियो हो ।’

कप्तान खड्का घाइते

कतार र नेपालको खेल अघि सिंगापुरमा वर्षा भएको थियो । वर्षा रोकिएपछि टस हुन पनि केही समय लाग्यो । टस भयो । नेपालले टस जितेर ब्याटिङ रोज्यो । ब्याटिङ रोजेको नेपालको ओपनिङमा कप्तान खड्का र मल्लले राम्रो ब्याटिङ शुरुवात गरे । तर, खेलकै क्रममा कप्तान खड्काको ढाडमा समस्या देखियो । ढाडमा समस्या भएपछि कप्तान खड्का दोस्रो इनिङ्समा मैदान उत्रिन सकेनन् । उनको स्थानमा मैदान उत्रिए अलराउण्डर पवन शरार्फ । कतारविरुद्धको खेलमा कप्तानलाई चोट लाग्नु र टीम पराजित हुनु संयोग नै बन्यो । तर, बाँकी सबै खेल जित्न सके नेपाल नेट रनरेटका आधारमा पनि विजेता बन्न सक्छ ।

पहिलो खेलमा हार व्यहोरिसकेको कतारले दोस्रो खेलमा जीत हात पारे पनि अन्य खेलमा नेपालले राम्रो खेल्दै खेलमा फर्किन सक्छ । तर, टोलीमा मुख्य नेता नै बुधबार हुने मलेसियाविरुद्धको खेलमा मैदान उत्रिन्छन् कि उत्रिदैनन् भन्ने अहिलेसम्म यकिन छैन् ।

नेपाललाई चुनौती तर, सम्भावना जीवितै

अस्ट्रेलियामा  २०२० मा आयोजना हुने टी–२० विश्वकप क्रिकेट खेल्ने लक्ष्यसहित सिंगापुर पुगेको नेपाली टोली पहिलो खेलमा पराजित हुँदा टोलीमाथि नै शंका उत्पन्न भएको छ । एसिया फाइनलको शिर्ष टोली ग्लोबल क्वालिफायरमा पुग्ने भएकाले पनि विश्वकप खेल्न यो प्रतियोगिता जित्नै पर्ने दबाव सहभागी टोलीहरुमा छ ।

पहिलो खेलमा हार व्यहोरेसँगै छनोटका अन्य तीन खेलमा नेपाल जुनसुकै अवस्थामा जीत निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछ । ब्याटिङ र बलिङमा अलिकति जोड दिन सके अन्य टोलीहरुलाई पराजित गर्न नेपाल सक्षम पनि छ । अब नेपालले बुधबार मलेसियासँग र शनिबार कुवेत र आइतबार घरेलु टोली सिंगापुरसँग खेल्नेछ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ३ : ५६ बजे

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार