भारतविरुद्धको खेलका लागि सुनिल नारान र पोलार्ड वेष्ट इन्डिजको टोलीमा « Khabarhub

भारतविरुद्धको खेलका लागि सुनिल नारान र पोलार्ड वेष्ट इन्डिजको टोलीमा


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यारेबियन टोली वेष्ट इन्डिजका भेट्रान खेलाडी सुनिल नारान र किरोन पोलार्ड भारतविरुद्धको अन्तर्राष्ट्रिय टि–२० को टिममा अटाएका छन् । सोमबार क्यारेबियन १४ सदस्यीय टोलीको घोषणा भएको थियो ।

इंग्ल्याण्ड र वेल्समा सम्पन्न विश्वकप क्रिकेटका क्रममा टोली बाहिर रहेका यी खेलाडी भारतविरुद्धको खेलका लागि टोलीमा अटाएका हुन् ।

यस्तै, विश्वकपका क्रममा चोटग्रस्त भइ बिचैमा विश्वकपबाट बाहिरिएका युवा अल राउण्डर आन्द्रे रसेल पनि १४ सदस्यीय टोलीमा अटाएका छन् ।

नारान सन् २०१७ पछि पहिलो पटक टि–२० टोलीमा अटाएका हुन् । यस्तै, पोलार्ड २०१८ मा भारत टुरमा क्यारेबियन टोलीमा रहेपनि त्यसयता टिमबाहिर रहेका थिए ।

वेष्ट इन्डिजले कार्लोस ब्रेथवेटको कप्तानीमा टोलीको घोषणा गरेको छ । भातर र वेष्ट इन्डिजबीचको टि–२० शृङ्खला अगस्ट ३ देखि शुरु हुने तालिका रहेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ३ : ३९ बजे

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन र्‍याडकन २०२६ सम्पन्न, डा. कार्की पहिलो अध्यक्ष निर्वाचित 

काठमाडौं- नेपालको रेडियोलोजी क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा कायम गर्दै पहिलो

पिएम कपमा विनोद भण्डारीको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले