बंगलादेशविरुद्धको खेलपछि ओडिआईबाट सन्यास लिने तयारीमा मालिङ्गा « Khabarhub

बंगलादेशविरुद्धको खेलपछि ओडिआईबाट सन्यास लिने तयारीमा मालिङ्गा


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकाका भेट्रान तिव्र गतिका बलर लासिथ मालिङ्गा एकदिवसिय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटबाट सन्यास लिने तयारीमा रहेका छन् ।

मालिंगाले बंगलादेशविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलापछि सन्यास लिने तयारी गरिरहेको श्रीलंकाका खेलाडी डिमुथ करुणारत्नले बताएका छन् ।

जुलाई २६ देखि कोलम्बोमा शुरु हुन लागेको तीन खेलको एकदिवसीय शृङ्खलाको एक खेल खेलेर उनले सन्यास घोषणा गर्ने जनाएका छन् ।

‘उनले एक खेल खेल्नेछन् । त्यसपछि उनले सन्यासको घोषणा गर्नेछन् । यो उनले मसँग भनेका हुन् । मलाई थाहा छैन । खेलाडी छनोटकर्तासँग उनले के भने तर मसँग उनले एक खेलमात्रै खेल्ने बताएका हुन्,’ करुणारत्नले भने ।

श्रीलंकाका लागि तेस्रो सर्वाधिक विकेट लिने खेलाडी बनेका मालिङ्गाले अहिलेसम्म ३३५ विकेट लिएका छन् ।

अब उनले बंगलादेशविरुद्ध २ विकेट लिन सके अनिल कुम्लेको बराबरी बनाउन सक्नेछन् । कुम्लेले ३३७ विकेट लिएका छन् । ३५ बर्षीय मालिङ्गाको एकदिवसीयमा अहिलेसम्म उत्कृष्ट ‘स्पिल’ ४ विकेट लिएर ४३ रन खर्चिएको रहेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ४ : १० बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित