बंगलादेशविरुद्धको खेलपछि ओडिआईबाट सन्यास लिने तयारीमा मालिङ्गा « Khabarhub

बंगलादेशविरुद्धको खेलपछि ओडिआईबाट सन्यास लिने तयारीमा मालिङ्गा


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकाका भेट्रान तिव्र गतिका बलर लासिथ मालिङ्गा एकदिवसिय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटबाट सन्यास लिने तयारीमा रहेका छन् ।

मालिंगाले बंगलादेशविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलापछि सन्यास लिने तयारी गरिरहेको श्रीलंकाका खेलाडी डिमुथ करुणारत्नले बताएका छन् ।

जुलाई २६ देखि कोलम्बोमा शुरु हुन लागेको तीन खेलको एकदिवसीय शृङ्खलाको एक खेल खेलेर उनले सन्यास घोषणा गर्ने जनाएका छन् ।

‘उनले एक खेल खेल्नेछन् । त्यसपछि उनले सन्यासको घोषणा गर्नेछन् । यो उनले मसँग भनेका हुन् । मलाई थाहा छैन । खेलाडी छनोटकर्तासँग उनले के भने तर मसँग उनले एक खेलमात्रै खेल्ने बताएका हुन्,’ करुणारत्नले भने ।

श्रीलंकाका लागि तेस्रो सर्वाधिक विकेट लिने खेलाडी बनेका मालिङ्गाले अहिलेसम्म ३३५ विकेट लिएका छन् ।

अब उनले बंगलादेशविरुद्ध २ विकेट लिन सके अनिल कुम्लेको बराबरी बनाउन सक्नेछन् । कुम्लेले ३३७ विकेट लिएका छन् । ३५ बर्षीय मालिङ्गाको एकदिवसीयमा अहिलेसम्म उत्कृष्ट ‘स्पिल’ ४ विकेट लिएर ४३ रन खर्चिएको रहेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ४ : १० बजे

बाँकेमा ६१ मतदानस्थल संवेदनशील

नेपालगन्ज– आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेमा रहेका १३९ मतदानस्थलमध्ये ६१

निर्वाचनका लागि पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिने

दाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य  निर्वाचनलाई स्वतन्त्र,

बक्स अफिसमा हिटको बाटोतर्फ सनी अभिनित बोर्डर २

मुम्बई- सनी देओल, वरुण धवन, अहान शेट्टी र दिलजीत दोसांझको

रसुवाको उत्तरी भेगमा हिमपात

रसुवा– जिल्लाको उत्तरी भेगमा यस वर्षको पहिलो हिमपात सुरु भएको

दीपेन्द्रको वरीयतामा सुधार, आठौंबाट छैटौंमा पुगे

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको वरीयतामा सुधार