लेखापरीक्षण प्रतिवेदन वास्तविक हुनुपर्छः अर्थमन्त्री खतिवडा « Khabarhub

लेखापरीक्षण प्रतिवेदन वास्तविक हुनुपर्छः अर्थमन्त्री खतिवडा


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले व्यावसायिक इमानदारीलाई अक्षुण राख्दै लेखापरीक्षकहरूले यथार्थपरक प्रतिवेदन पेश गर्नुपर्नेमा जोड दिएका छन् ।

वित्तीय सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै उनले लेखापरीक्षण प्रतिवेदन वास्तविक र यथार्थपरक हुनुपर्ने अपरिहार्यता औँल्याए ।  नेपाल चार्टर्ड एकाउण्टेटस् संस्था (आइक्यान) ले आज राजधानीमा आयोजना गरेको एक कार्यक्रममा उहाँले वास्तविकताभन्दा बाहिर गएर लेखापरीक्षकले कुनै पनि संस्थाको वित्तीय स्वास्थ्य ‘जे हो त्यही नभने’ गम्भीर दुर्घटना हुने बताए ।

“बाहिर जे छ, भित्र पनि त्यही देखाउनोस्, मेकअप नगर्नोस्” पेशागत मर्यादा कायम गर्नुपर्नेमा जोड दिँदै उनले भने । वित्तीय साक्षरता कायम गर्ने सरकारी नीति कार्यान्वयनमा सघाउन नियामक निकाय आइक्यानलाई आग्रह पनि गरे ।

मूल्यअभिवृद्धि कर (भ्याट) लगायत आर्थिक ऐनले निर्धारण गरेका कर सङ्कलनसम्बन्धी अव्यावहारिक प्रावधान भए छलफल गर्न आफू तयार रहेको मन्त्री खतिवडाले बताए ।

आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्यले आइक्यानले समेत कर तिर्नुपर्ने व्यवस्था भएकामा सरकारको ध्यानाकर्षण गराउँदै गैरनाफामूलक संस्था करको दायरमा परेको गुनासो गरेका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ९ : ३५ बजे

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा