श्रीकृष्णका ११०८ पत्नी थिए त? « Khabarhub

श्रीकृष्णका ११०८ पत्नी थिए त?


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज भगवान श्रीकृष्णको जन्मोत्सव अर्थात श्रीकृष्णा जन्मष्टमी । जन्मष्टमीका दिनमा सर्वत्र भगवान कृष्णको चर्चा र महिमागानका साथ पुजाआजा हुने गर्दछ । पौराणिक कथा अनुसार भगवान श्रीकृष्णका १ हजार १ सय ८ पत्नीहरु रहेको बताइन्छ । आखिर यस कुरामा कतिको सत्यता छ त ?

श्रीकृष्ण भगवानको रासलीलाका बारेमा भक्तहरु जानकार हुनुहुन्छ । जब गोकुलमा कृष्णले सबै गोपिनीका माझ एक साथ अनेक रूप धारण गरी महारास रच्नु भएको थियो। त्यहि नै रासलीला हो । पुराणका अनुसार श्रीकृष्णका १६ रानी थिए । तर महाभारतका अनुसार रुक्मणी बाहेक श्रीकृष्णका १ हजार १ सय ८ पत्नी थिए । श्रीकृष्णले रुक्मिणीको हरण गरी उनैसँग विवाह गरेका थिए । विदर्भ राज्यका राजा भीष्मककी पुत्री रुक्मणी भगवान कृष्णसँग प्रेम गर्दथिइन् ।

पुराणमा उल्लेख भए अनुसार भूमासुर नामक दानवले अमर हुनका निम्ति १६ हजार कन्याको बलि दिने निश्चय गरी तिनको अपहरण गरी कारावासमा राखेको थियो । श्रीकृष्णले ति १६ हजार कन्यालाई कारावासबाट मुक्त गरी स्वतन्त्र गरेका थिए । तर ती कन्याका परीवारले अपहरणमा परेकाले उनिहरुको चरित्रमा प्रश्न उठाउदैं अपनाएनन् ।

तब श्रीकृष्ण भगवानले १६ हजार रुपमा प्रकट भई एक साथ सबैसँग विवाह गरेका थिए । ती १६ हजार विवाहका बाहेक श्रीकृष्णको केहि प्रेम विवाहहरु पनि भएका थिए । इन्द्रप्रस्तमा पान्डवसँग भेट गर्न जादाँ श्रीकृष्णले सूर्य पुत्री कालिन्दी सहित १ सय जनासंग विवाह गरे ।

समाजबाट बहिष्कृत हुने डरले ती कन्याले श्रीकृष्णलाई पति माने पनि कृष्णले भने पत्नीका रुपमा स्वीकार नगरेको केहि कथामा उद्घृत छ । अधिकाशं पौराणिक कथा अनुसार भगवान श्रीकृष्णका ८ पत्नी मात्र थिए । जसको नाम रुक्मणि, जाम्बवन्ती, सत्यभामा, कालिन्दी, मित्रबिन्दा, सत्या, भद्रा और लक्ष्मणा थियो ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ८ : ३४ बजे

सजाय भुक्तान गरेर डिल्ली बजार जेलबाट छुटे दीपक मनाङे

काठमाडौं- गण्डकी प्रदेशका पूर्वसांसद एवम् मन्त्री दीपक मनाङे (राजीव गुरुङ)

थाइल्याण्डका ३०० भिक्षु लुम्बिनी–रामग्राम शान्ति पदयात्रामा

भैरहवा– लुम्बिनीबाट रामग्रामसम्म शान्ति, करुणा र धर्म अभ्यासको सन्देश फैलाउने

हर्कको छलाङ : असोजमा खोलेको ‘श्रम संस्कृति’ पाँच महिनामै राष्ट्रिय दल

काठमाडौं- धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले गत असोज १२ गते

लहानका डेन्टल क्लिनिक : चिकित्सकको नाम बोर्डमा, गैरचिकित्सकबाट उपचार

सिरहा– यहाँको लहानस्थित विभिन्न डेन्टल क्लिनिकहरूमा नेपाल मेडिकल काउन्सिलले बुधबार

एमएडब्ल्यू अर्थमुभर्सले ल्यायो जेसीबी थ्रिडीएक्स सुपरका लागि ‘बाइ ब्याक ग्यारेन्टी’ योजना

काठमाडौं– नेपालमा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक बिक्रेता एमएडब्ल्यू अर्थमुभर्स अर्थमुभर्सले