गौरा पर्वको मुख्य दिन आज दुर्वाष्टमी « Khabarhub

गौरा पर्वको मुख्य दिन आज दुर्वाष्टमी


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात अठ्यावाली मनाइँदैछ ।

विहीबार साँझ गौराघरमा भित्र्याएको गौरालाई आज ब्रतालु महिलाहरुले गौराखला (आँगन)मा लगेर पूजा गर्ने चलन रही आएको छ ।

ब्रतालु महिलाहरुले बिरुडा(विभिन्न पाँच थरीका अन्न)ले दिनभरी फाग गाएर गौरादेवीको पूजा गर्ने चलन छ । हिजो गौरादेवीमा चढाएको दुबधागो (मन्त्रद्वारा पवित्र पारिएको धागो) आजै महिलाहरुले धारण गर्ने गर्दछन् ।

तागाधारी पुरुषहरुले जनै धारण गरेजस्तै पश्चिम नेपालमा महिलाहरुले दुबधागो धारण गर्ने गर्दछन् । गौराघरबाट गौरालाई सिंगारेर गौराखलामा लग्ने गरिन्छ ।

सोही खलामा महिलाहरुले सामूहिक अठ्यावाली गाउँदै पूजा गर्ने चलन रही आएको छ । गौराको उत्पत्ति, महेश्वरसंगको विवाह लगायतका प्रसंग ब्रतालु महिलाहरुले फाग मार्फत नै भन्ने गरेका छन् ।

ब्रतालु महिलाहरुले गौराको पूजन गरिसकेपछि मुख्य प्रसादको रुपमा रहेको बिरुडाले आफ्ना श्रीमान, छोराछोरी र आफन्तजनको चिरायु दिर्घायुको कामना गर्दै टाउको पुज्ने गर्दछन् । पुरुषहरुले ठाडोखेल, ढुस्को धमारी लगायतका ऐतिहासिक संस्कृतिमा आधारित खेलहरु खेल्ने गर्दछन् ।

महिलाले आफ्नो अटल सौभाग्य समृद्धि सन्तान र परिवारमा सुख शान्तिका लागि व्रत बसि पूजाआजा गर्ने मान्यता छ । गौरा पर्व विशेष गरेर सुदूरपश्चिम, मध्यपश्चिमका केही जिल्लाहरुमा मनाउने गरिन्छ ।

गौरा पर्वका अवसरमा आज काठमाडौंको टुडिखेलमा काठमाडौंमा बसोबास गर्दै आएका सुदूर तथा मध्यपश्चिमेलीहरु भेला भई सामूहिक देउडा खेल्ने कार्यक्रम राखिएको छ ।

दूर्वाष्टमी

दुवोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दूर्वाष्टमी पनि भनिन्छ। दुवो जसरी फैलिन्छ त्यसरी नै सन्तान दर फैलिउन् भन्ने कामनाले यो पर्वमा उमा महेश्वरको पूजा, उपासना र व्रतसमेत गरिने धार्मिक नियम छ। सन्तान राम्रा र गुण सम्पन्न हुन्, आयु तथा स्वास्थ्य राम्रो होस् भन्ने कामनाले पनि गौरा एवं दूर्वाष्टमी पर्व मनाइन्छ।

अष्टमीका दिनमा पूरै ज्येष्ठा र मूल नक्षत्र परेमा भने दुवोको पूजा गर्न नहुने शास्त्रीय मान्यता रहेको पनि गौतमले बताए। अष्टमी तिथिभर ज्येष्ठा र मूल नक्षत्र नपरेमा भने दुवोको पूजा गर्नहुन्छ भन्ने शास्त्रीय मान्यता छ। यस दिन दुवो र गौराको पूजा गरे सौभाग्य, सन्तान प्राप्त हुने, कार्य सिद्धि हुने धर्मग्रन्थ हेमाद्रिमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  १० : ३७ बजे

पूर्वाधार निर्माणका गाँठा फुकाउन सार्वजनिक खरिद विधेयक : मन्त्री गौतम

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार निर्माणका कामलाई

पदाधिकारी नियुक्ति प्रक्रिया पारदर्शी बनाइने छ : मन्त्री मेहता

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत

दाङ– लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ मा हालसम्म

बजेटका पक्षमा मतदान गर्न ‘ह्विप’ जारी

मकवानपुर– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज हेटौँडामा भएको

कांग्रेस एकताबारे असार २५ सम्म निर्णय माग्दै शेखरको अल्टिमेटम

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताबारे असार २५