श्रीकृष्ण जन्माष्टमी : कुन मन्त्र र विधिले पुजा गर्ने ? « Khabarhub

श्रीकृष्ण जन्माष्टमी : कुन मन्त्र र विधिले पुजा गर्ने ?


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दु धर्मालम्बिहरुको मुख्य पर्व मध्ये एक श्रीकृष्ण जन्माष्टमीलाई समेत मानिन्छ । यस दिन भगवान श्रीकृष्णको जन्मोत्सव भब्य रुपमा मनाइन्छ । भाद्र महिनाको कृष्ण पक्षको अष्टमी तिथिको दिन रोहिणी नक्षत्रमा जन्मिएका श्रीकृष्णको जन्मोत्सव नेपाल बाहेक हिन्दु धर्मालम्बि भएका देशहरुमा प्रमुखताका साथ मनाउने गरिन्छ ।

भाद्र कृष्ण पक्ष अष्टमी तिथिको राति १२ बजे श्रीकृष्णको जन्म भएको थियो । जसका कारण श्रीकृष्ण जन्मअष्टमिको व्रत बिहानबाटै प्रारम्भ गर्नुपर्ने हुन्छ । ब्रत प्रारम्भ गरेदेखि दिनभर भगवान हरिको मन्त्रोउच्चारणका साथ पूजा गरी पारण गर्नुपर्दछ । मध्य रातमा श्रीकृष्णको जन्म भएको हुदाँ सो बेलामा पुजा गरी बिहान ब्रह्म मुहूर्तमा नुहाएर यो मन्त्र उच्चारण गर्नुपर्दछ ।

ऊं यज्ञाय योगपतये योगेश्रराय योग सम्भावय गोविंदाय नमो नमः

यसपछि श्रीहरिको यस मन्त्रो उच्चारणका साथ पूजा गर्नुपर्दछ ।
ऊ यज्ञाय यज्ञेराय यज्ञपतये यज्ञ सम्भवाय गोविंददाय नमों नमः

त्यसपछि श्रीकृष्ण मुर्तिलाई पाल्किमा विराजमान गरी यस मन्त्रको उच्चारण गरी भगवानलाई निदाउन प्रेरित गर्नुपर्दछ ।

विश्राय विश्रेक्षाय विश्रपले विश्र सम्भावाय गोविंदाय नमों नमः

यसरी श्रीहरिलाई शयन गराएर पूजाको मन्डप तयार गरी श्रीकृष्णका साथमा रोहिणी र चन्द्रमाको समेत पूजा गर्नुपर्दछ । त्यसपछि शंखको माध्यममले चन्दन युक्त जललाई यो मन्त्र उच्चारण गर्दै अर्पण गर्नुपर्दछ ।

श्री रोदार्णवसम्भुत अनिनेत्रसमुद्धव । ग्रहाणार्ध्य शशाककेश रोहिणा सहिते मम् ।

यसरी पुजा विधि सकेपछि भगवान श्रीकृष्णको आरती गर्नुपर्दछ । आरति पछि भगवानको नाममा जयगान गाउदै प्रसाद ग्रहण गर्नुपर्दछ । त्यसपछि पुजा विधि सकिने भएकाले ब्रतलाई खोल्न सकिन्छ ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  १० : ३९ बजे

पूर्वाधार निर्माणका गाँठा फुकाउन सार्वजनिक खरिद विधेयक : मन्त्री गौतम

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार निर्माणका कामलाई

पदाधिकारी नियुक्ति प्रक्रिया पारदर्शी बनाइने छ : मन्त्री मेहता

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत

दाङ– लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ मा हालसम्म

बजेटका पक्षमा मतदान गर्न ‘ह्विप’ जारी

मकवानपुर– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज हेटौँडामा भएको

कांग्रेस एकताबारे असार २५ सम्म निर्णय माग्दै शेखरको अल्टिमेटम

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताबारे असार २५