रविका दाइले भने–प्रहरी रिपोर्टमा रविको संलग्नता देखिएन, भोलि फूलमाला लगाएर भाइ छुट्छ | Khabarhub Khabarhub

रविका दाइले भने–प्रहरी रिपोर्टमा रविको संलग्नता देखिएन, भोलि फूलमाला लगाएर भाइ छुट्छ


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन प्रहरीको हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेका दाइ हरिशरण लामिछानेले शालिकराम प्रकरणमा आफ्नो भाइ निर्दोष सावित हुने विश्वास व्यक्त गरेका छन् । हरिशरण पत्रकार हुन् ।

पत्रकार ऋषि धमलासँगको एक अन्तर्वार्ताका क्रममा रविका दाइ हरिशरणले प्रहरीले लिएको वयानको प्रारम्भिक रिपोर्टहरुका आधारमा उक्त प्रकरणमा रविको कुनै संलग्नता नदेखिएको दबी गरेका हुन् ।

तर कानूनको हवाला दिएर जसले नि दुख दिन सक्ने र कानूनको अपव्याख्या हुन सक्ने भन्दै सचेत हुनुपर्ने बताए ।

‘कानूनको हवाला दिएर दुःख दिन जसले नि सक्छ ।त्यसको अपव्याख्या गर्न सक्छ । देशमा न्याय मरेको छैन ’ हरिशरणले भने ‘म पूर्ण रुपमा विश्वस्त छु मेरो भाइ रवि भोलि फूलमाला लगाएर निस्कन्छ । ’

उनको यस्तो जवाफ सुनेपछि पत्रकार ऋषि धमलाले प्रश्न गरे

त्यसो भए किन आन्दोलन, जुलुस गरेको त ? किन अदालतलाई दवाव दिन खोजेको त ?

हरिशरणले भने– हामीले दवाव दिएका छैनौं । विश्वसनिय वातावरण किन बनेको छैन ? भनेर प्रश्न गरेका हौं । जुलुस स्वतस्फूर्त छ ।

ऋषि– तपाई कानूनी राजको पक्षमा हुनुहुन्छ ? म्याद थप गरिसकेपछि त रविले भन्न सक्नुपर्थ्यो नि, म जनताको होइन न्यायालयको कठघरामा म आफू उभिएर निर्दोस सावित हुन्छु, भन्नु पर्दैन ?

हरिशरण– उसले पहिला नै के भन्यो भने यो धरपकड नै गर्नुपर्दैन, म अनुसन्धानमा सहयोग गर्छु । त्यति भनेपछि किन यो धरपकड ?

ऋषि– भीडतन्त्रले होइन विधिले शासन चल्नुपर्ने होइन ?
हरिशरण– हो विधीले हो शासन चल्ने तर भीडले सचेत गराउन सक्छ । यो सबै कुरा रविलाई फसाउन खोजेको हो भनेर मानिसहरुले भनिरहेका छन् ।

दुई चार महिना अघि काम छोडेको , मानसिक समस्या भएको समस्या, रविमात्र होइन त्यहाँ अरुपनि छन् । उसलाई चितवन कसले पठायो ? प्रश्न त उठेको छ नि

ऋषि– शालिकरामलाई दवाव थियो रे नि त?

हरिशण– रदवाव त संसारमा सबै मानिसलाई छ नि । आरोप लगाएर हुन्छ त । अनुसन्धान कता केन्द्रीत छ भन्ने आशंका गर्न सक्छौं नि !

ऋषि– तपाईहरुको आन्दोलनमा लोकतन्त्रको विरोध, प्रधानमन्त्रीको राजीनामा माग भएको छ…

हरिशण–हामीले होइन आम जनातले भनिरहेका छन् । हामीले निष्पक्ष रुपमा छानवीन हुनुपर्छ भनेका छौं । मानिसको जुन आक्रोश आएको छ त्यसलाई राज्यले गम्भीर रुपमा लिनुपर्छ । हामीले आन्दोलन गर भनेको जुलुस आउँ भनेका छैनौं । तर जनता स्वतस्फूर्त रुपमा आएका छन् ।

ऋषि– यसलाई तपाईहरुले राजनीतिकरण गर्न खोज्नु भयो होइन ?

हरिशण– त्यो त देखियो । निडर भएर वकालत गर्ने व्यक्ति रवि हो । त्यसले गर्दा गारो परेको छ ।

ऋषि– रविले लेनदेन गरेको कुरा आएको छ…..

हरिशरण– त्यो त प्रमाणित हुनुपर्छ नि ! आरोपहरु प्रमाणित हुनुपर्छ । यदी कसैले अन्याय गरेको र सौदावाजी गरेको छ भने त्यसको पर्दाफास हुनुपर्छ ।

ऋषि– किशोर श्रेष्ठले भन्नु भएको छ लेनदेनबारे

हरिशरण– किशोर श्रेष्ठ र रविको बीचमा व्यक्तिगत रुपमा लामो जुहारी जस्तो देखियो हिजोको अन्तर्वार्तामा । दुबै जना त्यो सन्दर्भमा गलत हुनसक्छन् । एकले अर्कोलाई खानतलासी गरिरहेका छन् त्यो अर्कै पाटो हो । शालिकरामको मृत्युमा दुरुत्साहनमा रविको संलग्नता छ कि छैन भन्ने महत्वपूर्ण हो ।

यो पनि पढ्नुहोस्

भीडलाई हेरेर रविले म ‘बादसाह’ हुँ भन्ने नसोचे हुन्छ– किशोर श्रेष्ठ

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  १२ : २० बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही